२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पंकज राईद्वारा उम्मेदवारी घोषणा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पंकज राईद्वारा उम्मेदवारी घोषणा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पंकज राईद्वारा उम्मेदवारी घोषणा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पंकज राईद्वारा उम्मेदवारी घोषणा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पंकज राईद्वारा उम्मेदवारी घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • बुटवल । युवा व्यवसायी पंकज राईले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत राईले १४ बुँदे प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । उनले आफू निर्वाचित भए समितिभित्रका व्यवसायी, स्वरोजगार तथा मजदुरबीच समन्वय र एकताको भावना विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    राईले सडक दुर्घटना व्यवस्थापनलाई आधुनिक बनाउँदै मोबाइल एप प्रणाली विकास गर्ने, चालक तथा सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, बीमा, तालिम तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था सुनिश्चित गर्ने योजना अघि सारेका छन् ।

    यस्तै चालकहरूको स्वास्थ्य तथा दुर्घटना बीमालाई नियमित बनाउने, व्यवसायी र कर्मचारीबीच सम्मानजनक तथा सहकार्यमा आधारित सम्बन्ध विकास गर्ने, काठमाडौंमा पार्किङ व्यवस्थापन तथा चोरी नियन्त्रणका लागि प्रभावकारी सुरक्षा प्रणाली सुदृढ गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

    उनका अनुसार भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपालमा बस्न दिइने हालको ७२ घण्टे समयसीमालाई घटाएर २४ घण्टामा सीमित गर्न पहल गरिनेछ । साथै रोड परमिट प्रक्रियालाई सरल बनाउँदै वर्षमा एकपटक मात्रै नवीकरण हुने व्यवस्था लागू गराउने, टोल–फ्री हेल्पलाइनमार्फत आपतकालीन सेवा उपलब्ध गराउने तथा चालक–सहचालकलाई समय–समयमा तालिम दिने योजना पनि उनले प्रस्तुत गरे ।

    राईले प्यान तथा भ्याट प्रयोगलाई सहज बनाउने, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनका लागि हेल्प डेस्क स्थापना गर्ने र सदस्यता विस्तारलाई सशक्त बनाउँदै प्रचार–प्रसारलाई तीव्रता दिने बताए ।

    समितिमा करिब दुई हजार ट्रक र एक हजार तीन सय व्यवसायी आबद्ध रहेको जनाइएको छ । आगामी चैत २० र २१ गते हुने २५औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनअन्तर्गत हुने निर्वाचनमा राईसहित अन्य दुई समूहले पनि प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij