२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बादलप्रति एमाले नेता खिमलाल भट्टराईको कटाक्ष–फस्टम्यानको पगरी धान्न नसक्ने पक्का !

बादलप्रति एमाले नेता खिमलाल भट्टराईको कटाक्ष–फस्टम्यानको पगरी धान्न नसक्ने पक्का !

बादलप्रति एमाले नेता खिमलाल भट्टराईको कटाक्ष–फस्टम्यानको पगरी धान्न नसक्ने पक्का !

बादलप्रति एमाले नेता खिमलाल भट्टराईको कटाक्ष–फस्टम्यानको पगरी धान्न नसक्ने पक्का !

बादलप्रति एमाले नेता खिमलाल भट्टराईको कटाक्ष–फस्टम्यानको पगरी धान्न नसक्ने पक्का !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • रुपन्देही । नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण एमालेको नीति र परम्पराविपरीत रहेको बताएका छन् ।

    भट्टराईले चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा बादलले प्रयोग गरेका शब्दावली र अभिव्यक्तिले पार्टीको मार्गदर्शन विपरीत सन्देश दिएको उल्लेख गरेका छन् । उनले ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता शब्दावली एमालेको विचार र अभ्याससँग मेल नखाने बताएका छन् । बादलले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलप्रति कटाक्ष गर्दै पार्टीको नीतिभन्दा बाहिर नगएको र एमालेविरुद्ध पार्टीभित्रैबाट सकाउने अभ्यास भइरहेको गम्भीर आरोप लगाएका थिए ।
    ‘हाम्रो पार्टी नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् प्रतिनिधिसभामा दलका नेता कमरेड रामबहादुर थापा ‘बादल’ ले हिजो चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेश गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलिङका विरुद्ध छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले एमालेले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित राजनीति गर्ने भन्दै कब्जा र आक्रमणको भाषा पार्टीको नीति नभएको स्पष्ट पारेका छन् । ‘कब्जा, आक्रमण, दुश्मन आदि शब्दावली एमालेका होइनन् । जनताको बहुदलीय जनवादको मार्गदर्शन विल्कुल यो होइन । हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौं । कब्जा हाम्रो नीति होइन । हामीले आक्रमण होइन, शान्तिपूर्ण संघर्षबाट विजय सुनिश्चित गर्छौं । हामी प्रतिस्पर्धा गर्छौं, दुश्मनी गर्दैनौं । एमालेको संघर्षको नीति यही हो,’ उनले उल्लेख गरेका छन् ।

    भट्टराईले आफूले कार्यवाहक अध्यक्षलाई सिकाउन खोजेको नभए पनि युद्धकालीन शैलीको भाषा एमालेको नीति हुन नसक्ने बताएका छन् । ‘कार्यवाहक अध्यक्षज्यूलाई सिकाउन खोजेको विल्कुल होइन । उहाँको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन मात्रै भन्न खोजेको हुँ’ उनले भनेका छन् ।

    उनले बादलले पार्टीको वर्तमान अवस्था र कार्यकर्तालाई परिचालन गर्ने तरिकासमेत नबुझेको टिप्पणी गरेका छन् । ‘उहाँले आज नेकपा एमाले कुन अवस्थामा छ भन्ने आँकलन र कसरी कार्यकर्ता र शुभेच्छुकको पंक्तिलाई परिचालन गर्ने भन्ने कुराको तरीका पनि ठम्याउन सक्नु भएन । उहाँमा विल्कुल युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृत्ति देखियो,’ उनले लेखेका छन् ।

    भट्टराईले बादललाई यसअघि सैद्धान्तिक चेत भएका, कम बोल्ने र भद्र नेताको रूपमा आफूले लिएको उल्लेख गर्दै पछिल्लो अभिव्यक्तिले आफूलाई दुःख लागेको बताएका छन् । ‘व्यक्तिगत रूपमा उहाँलाई मैले सैद्धान्तिक चेत भएको कम बोल्ने भद्र नेताका रूपमा लिएको थिएँ । उहाँको यो भाषण देखेपछि पुरानो हो कि एआईले पो गडबड गरेछ कि भन्ने लागेर अलि बुझ्न खोजें । तर अहिलेकै र वास्तविक रहेछ । वास्तवमा मलाई दुःख लाग्यो,’ उनले लेखेका छन् ।

    भट्टराईले पार्टीको वर्तमान जटिल अवस्थामा नेतृत्वको भूमिका कमजोर देखिएको भन्दै शीर्ष नेतृत्वलाई समेत ध्यान दिन आग्रह गरेका छन् । ‘पार्टीको आजको खलबलिएको अवस्थामा नेतृत्व लिनु भएका मुख्य जिम्मेवारको अवस्था यो छ । उहाँले न पार्टीको अवस्था न दृष्टिकोण दुवै बुझेको देखिएन । फस्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो । कार्यवाहक र दलको नेताको जिम्मेवारी दिनु हुने आदरणीय पार्टी अध्यक्ष कमरेड र सचिवालयका कमरेडहरूले बेलैमा सोच्नुहोस्,’ उनले उल्लेख गरेका छन् । एमाले अध्यक्ष केपी ओली निकटस्थ मानिएका भट्टराईको अभिव्यक्तिपछि एमालेभित्र नेतृत्व शैली र पार्टीको भावी कार्यदिशासम्बन्धी बहस थप चर्किने संकेत देखिएको छ ।

    एमालेमा बादललाई कार्यबाहक अध्यक्ष तथा समानुपातिकबाट सांसद छनोटदेखि दलको नेता बनाएको विषयमा आन्तरिक विवाद बढ्दै गएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij