२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू

सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू

सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू

सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू

सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

    ‘आफन्त र सथीभाईलाई नियुक्ति गर्न नलाग्नू,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने । आफूहरू जेनजीहरूको बलिदानबाट यो ठाउँमा आइपुगेको भन्दै उनले त्यसलाई स्मरणमा राख्न सांसदहरूलाई भने ।

    ‘यो जेनजी भाइ बहिनीको बलिदानले यहाँ आइपुगेका छौं,’ सभापति लामिछानेले भनेका छन् ।

    दलको बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए । यद्यपि उनले बैठकमा केही पनि बोलेनन् ।

    संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।

    रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उपसभामुखको निर्वाचन आज हुँदैछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij