२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पाल्पा - बुटवल खण्डको सडक भासियो

पाल्पा - बुटवल खण्डको सडक भासियो

पाल्पा - बुटवल खण्डको सडक भासियो

पाल्पा - बुटवल खण्डको सडक भासियो

पाल्पा - बुटवल खण्डको सडक भासियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा - बुटवल खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासिएको छ ।  


    तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।


     यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले हप्ता दश दिन सास्ती भोग्नु परेको थियो । अहिले पुन सडक भासिदा यात्रु र सवारी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन ।


     भासिएको खण्डको दिर्घकाली समस्या समाधनको लागि राज्यले ध्यान नदिदा पुन समस्या भोग्नु परेको यात्रुको गुनासो छ । यस खडक भएर दैनिक ४ हजार बढी साना ठुला सवारी आवतजावत गर्दै आएका छन । 


    तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए । सडकको तल्लो भाग भासिने र माथिल्लो भागबाट पहिरोको जोखिम रहेकोले सावधानि अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ । 


    ठुला सवारी सञ्चालन गर्दा अझ सडक भासिएर जोखिम निम्तीन सक्ने भएकोले अहिले डाइभर्सन निर्माण गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारीकारी आनन्द काफ्लेले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij