२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं । सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन थालेका छन् । संघीय संसद् सचिवालयमा सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

    १० जना बढीको सम्पत्ति विवरण प्राप्त भएको सचिवालयले जनाएको छ ।

    संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाइसक्न भनेको छ ।

    भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा ९१० र  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क को उपदफा ९१० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

    दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

    यही व्यवस्था स्मरण गर्दै संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।

    गत २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले यही १२ चैतमा शपथ लिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij