२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गृहमन्त्रीबारे पूर्वमन्त्री दीपक साह- आशा छ पार्टीले कसैलाई काखा, कसैलाई पाखा गर्ने छैन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वमन्त्री दीपक साहले गृहमन्त्रीका विषयमा पार्टीले देश र जनतालाई हेरेर निर्णय गर्नेमा आशावादी रहेको बताएका छन् । 

    उनले पार्टीले ‘कसैलाई काखा र कसैलाई पाखा’ नगर्नेमा पनि आशावादी रहेको बताएका छन् । 

    गृहमन्त्री सुधन गुरुङ सम्पत्ति सम्बन्धी विवादमा मुछिएका विषयमा लोकान्तरसँग कुरा गर्दै उनले सरकार र पार्टीले राम्रै निर्णय लिन्छ होला भन्नेमा आफू आशावादी रहेको बताए ।

    ‘राम्रै निर्णय लिन्छ होला; पार्टीको लागि पनि, संसद्‌को लागि पनि र देशको लागि पनि । आशाका छ कि पार्टीले तीन करोड जनतालाई हेरेर निर्णय गर्छ । कसैलाई काखा, कसैलाई पाखा गर्दैन’, उनले भने । 

    मन्त्री भएका बेला साह एउटा विवादमा मुछिएपछि रास्वपाको सिफारिसमा प्रधानमन्त्री बालेन्द्र शाहले बर्खास्त गरेका थिए । उनलाई स्पष्टीकरण सोध्ने मौका समेत दिइएको थिएन ।

    तर, आफ्नो भन्दा पनि गम्भीर विषयमा गृहमन्त्री गुरुङ विवाद पर्दा पनि फिर्ता नबोलाएका विषयमा पूर्वमन्त्री साह असन्तुष्ट रहेको बताइन्छ । उनले मंगलबार बिहान सामाजिक सञ्जालमा ‘स्पष्टीकरण...’ लेख्दै सांकेतिक विरोध जनाएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij