२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • बुटवल । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आज जारी गरेको वक्तव्यमा आफूले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा उठेका शेयर सम्बन्धी प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

    गुरुङले आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफूले नैतिक कदम चालेको बताए। उनले विशेषगरी युवापुस्ताबाट उठिरहेको ‘Gen Z आन्दोलन’ले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरे।

    “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,” गुरुङले वक्तव्यमा भने।

    उनले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको निर्वाहका रूपमा प्रस्तुत गर्दै सञ्चारकर्मी, आम नागरिक र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गरेका छन्। साथै, उनले मिडियामा पनि पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको संकेत गरेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij