२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसद् रोकेर सरकारले ल्यायो अध्यादेश

संसद् रोकेर सरकारले ल्यायो अध्यादेश

संसद् रोकेर सरकारले ल्यायो अध्यादेश

संसद् रोकेर सरकारले ल्यायो अध्यादेश

संसद् रोकेर सरकारले ल्यायो अध्यादेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

    संसद् अधिवेशन आह्वानको भोलिपल्टै अधिवेशन स्थगित गरेको सरकारले अध्यादेशको बाटो रोजेको हो । संसद् चलिरहेका बेला अध्यादेश ल्याउन पाइँदैन ।  वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । 

    सिफारिसअनुसार वैशाख ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेका थिए ।  तर, वैशाख १० गते नै सरकारले अधिवेशन स्थगनका लागि सिफारिस गर्‍यो ।  लगत्तै विशेष कारण देखाउँदै अधिवेशन स्थगित गर्ने निर्णय भएको थियो ।

    सोहीअनुसार राष्ट्रपतिले कार्यालयबाट अधिवेशन स्थगनको सूचना जारी भएको थियो ।  संवैधानिक परिषद्मा नियुक्तिका लागि सरकारले अध्यादेशको बाटो रोजेको हो । संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्मा ६ जना सदस्य रहने व्यवस्था छ । 

    जसमा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायधीश, विपक्षी दलका नेता रहन्छन् ।  विपक्षी दलका नेता पनि सोमबार नै चयन भएका छन् । कांग्रेसले भिष्मराज आङदेम्बेलाई दलको नेता बनाएको हो ।

    संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषदले पूर्णता पाएकै दिनमा सरकारले अध्यादेश ल्याएको हो । त्यसैगरी सहकारी समस्या समाधानका लागि पनि अध्यादेश ल्याएको स्रोतले बताएको छ ।

    दुवै अध्यादेश राष्ट्रपतिसमक्ष पुर्‍याइएको छ ।  राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अध्यादेशका सम्बन्धमा छोटो प्रतिक्रिया दिँदै भने– अध्ययन हुँदैछ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij