२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा

सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा

सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा

सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा

सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनले बोलाइसकेको संसद् अधिवेशन रोकर अध्यादेश ल्याउने कार्य संसद् र नागरिकलाई हेपेको रुपमा अर्थ लगाएका छन् ।

    बुधबार सर्लाही पुगेका थापाले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा आफ्नो दल प्रमुख प्रतिपक्षी हुँदा पनि कुनै छलफल नभएको भन्दै आपत्ति जनाए ।

    प्रधानमन्त्री बालेन शाह निर्वाचित भएर बनेको सरकारको प्रधानमन्त्री हो भने आफूहरू पनि सोही निर्वाचनबाट निर्वाचित भएर आएको प्रमुख प्रतिपक्षी दल रहेको गगनको भनाइ छ ।

    ‘उहाँ निर्वाचित भएर बनेको सरकारको प्रधानमन्त्री हो भने, नेपाली कांग्रेस पनि यही निर्वाचनबाट निर्वाचित भएर आएको प्रमुख प्रतिपक्षी दल हो । हामी सबै संसद्मा छौं । यो हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ । अप्ठेरोमा लैजान्छ,’ थापाले भनेका छन् ।

    उनले आफूहरू पनि पुराना सरकारहरूले गरेका निर्णय र नियुक्ति प्रक्रियाको विरोधमा रहेको भए पनि कुनै संवाद नै नगरी अध्यादेशको बाटोमा बहुमतप्राप्त सरकार लाग्नु राम्रो कार्य नभएको टिप्पणी गरे ।

    ‘हामी प्रमुख प्रतिपक्षी दल छौं । हामीसँग एक पटक संवाद गर्नुभएको छ रु हामी आफैं पनि व्यापक सुधारको पक्षमा छौं । हामी आफैं पनि हिजो कतिपय विषयका सन्दर्भमा हिजो जसरी राजनीतिक दलले निर्णय गरे, ती निर्णय प्रक्रिया सच्याउनुपर्छ भनेर चुनावमा गएका हौं,’ थापाले भने, ‘हामी अहिले बहुमत प्राप्त गरेर आएका थियौं भने संवैधानिक परिषद्का नियुक्तिमा व्यापक फेरबदल गर्नुपर्छ भनेर लागिरहेका हुन्थ्यौं । सरकारमा बसेको प्रधानमन्त्रीले म यो विषयमा एक पटक प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्छु, कुराकानी गर्छु, मेरो यो सोचाइ छ, केही पनि भन्न नपर्ने ’

    सरकार भर्खरै बनेको भएकाले मधुरो स्वरमै बोल्न खोजेको र मद्दत पनि गर्न चाहेको उनले बताए ।  शासकीय सुधारका सन्दर्भमा सरकारले गर्न खोजेका काममा सहयोगी नै बन्न खोजिरहेको पनि उनले बताए ।

    ‘अहिले सरकार बनेको भर्खरको समय भएकाले सकेसम्म मधुरो स्वरमा नै बोलौं भनिरहेका छौं ।  सरकारलाई मद्दत नै गर्न चाहेका छौं । शासकीय सुधारका सन्दर्भमा सरकारले गर्न खोजेका काममा सहयोगी नै बन्न खोजिरहेका छौं,’ थापाले भने, ‘तर, हामीहरू छौं भन्ने कुरालाई पनि नजरअन्दाज गरेर म एक्लै चलाउँछु, एक्लै गर्छु । अरु बाँकी रहेका सबैलाई पेलपाल गरेर लिएर जान्छु भनेर सोच्ने कुराले उहाँहरूलाई नै अप्ठेरो पार्छ । मेरो अहिले पनि यो कुराहरूलाई सच्याउन सुझाव छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij