२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मृत्युको मुखबाट यसरी बांचेका थिए मुख्यमन्त्री आचार्य

मृत्युको मुखबाट यसरी बांचेका थिए मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री चेतनारायण आचार्य १३ वर्ष अघि क्यान्सरसहित विभिन्न ७ थरि रोगसंग लड्दालड्दै जीवनसंग हार खाएर मृत्युलाई स्वीकार्न तयार भएका थिए । दिल्लीको मेदान्त अस्पतालको उपचार छाडेर रजहरको प्राकृतिक चिकित्सालयमा गरेको उपचारबाट उनले पुर्नजीवन पाएका  हुन् ।

मृत्युको मुखबाट यसरी बांचेका थिए मुख्यमन्त्री आचार्य

मृत्युको मुखबाट यसरी बांचेका थिए मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री चेतनारायण आचार्य १३ वर्ष अघि क्यान्सरसहित विभिन्न ७ थरि रोगसंग लड्दालड्दै जीवनसंग हार खाएर मृत्युलाई स्वीकार्न तयार भएका थिए । दिल्लीको मेदान्त अस्पतालको उपचार छाडेर रजहरको प्राकृतिक चिकित्सालयमा गरेको उपचारबाट उनले पुर्नजीवन पाएका  हुन् ।

मृत्युको मुखबाट यसरी बांचेका थिए मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशको छैटौं मुख्यमन्त्रीका रुपमा सोमबार नियुक्त भएका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक उचाई बाहिरबाट हेर्दा धेरैलाई जति सहज लाग्छ, उनको विगत भने दुःख, संघर्ष र कठिनाईका लामा श्रृखंला छन् । अझ मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका व्यक्ति हुन् उनी ।


    उनी १३ वर्ष अघि विभिन्न ७ थरि रोगसंग लड्दा लड्दै जीवनसंग हार खाएर मृत्युलाई स्वीकार्न तयार भएका थिए । २०६८ साल ताका मुख्यमन्त्री आचार्य मुटु, कलेजो, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, युरिक एसीड, अल्सर र निद्राको गरी १९ थरि औषधि सेवन गर्थे ।

    नेपालका विभिन्न अस्पतालदेखि भारतको मेदान्त सम्म उपचारका लागि धाए,  ख्यातिप्राप्त मेदान्त अस्पतालले पनि आचार्यको रोग निको हुने ग्यारेन्टी गर्न नसकेपछि उनले बांच्ने आशा मारे ।  तर भाग्य वा संयोगले मेदान्त अस्पतालमा हुन नसक्ने उपचार कसैले पुर्वी नवलपुरको रजहरस्थित प्राकृतिक चिकित्सालयमा सम्भव हुन्छ भनेर भन्यो, उनी त्यहाँ पुगे । त्यहाँ पुगेर उपचार गरेपछि उनले पुनर्जीवन पाए ।


    यस्तो छ कथा ः
    २०६८ साल मंसिर २३ गते राति १ बजेतिर सन्धिखर्कस्थित आफ्नै निवासमा अचानक बेहोस आचार्य भोलिपल्ट दिउँसो १२ बजे मात्र होसमा आएका थिए । उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगियो । २ दिनसम्म पनि रोगको पहिचान हुन नसकेपछि काठमाडौं अन्नपूर्ण न्युरो अस्पतालमा लगियो । । त्यहाँ ७ दिनसम्म डाईग्नोसिसका क्रममा सबै उपकरणहरू प्रयोग भयो । तर रोग पत्ता लागेन । पछि एमालेका तत्कालीन केन्द्रिय नेता रामनाथ ढकालको अगुवाईमा न्युरो अस्पताल बाँसबारी पुगे ।

    त्यहाँ पनि चित्त बुझ्दो डाइग्नोसिस हुन नसकेपछि जगदिश अग्रवाल कहाँ गए । तर तिन जना डाक्टरको तीन थरि कुरा आएपछि अन्तिममा आचार्य भाइ गुणनिधि र ज्वाँई रामप्रसादको साथमा दिल्लीको मेदान्त अस्पतालमा पुगे । आचार्यका अनुसार, त्यहाँको डाईग्नोसिस पछि टेपवर्म रोग पत्ता लाग्यो र करिब ५ वर्ष त्यसैको औषधि सेवन गर्न थाले । औषधि खान शुरू गरेको २ वर्ष पछि उनलाई सुगर र प्रेसर देखियो । त्यसपछि शरीरमा अस्वभाविक मोटोपन वृद्धि भयो, एकपटक गरेको पायल्सको अपरेसन फेरी शुरू भयो र त्यसले झनझन सताउन थाल्यो । औषधिकै कारण कलेजो कमजोर हुन पुग्यो । पेटको समस्या पनि एकदमै बल्झिएर गयो । टेपवर्मको औषधिसँगै प्रेसर (१२५÷१९५ सम्म) सुगर फास्टीङमा (झण्डै २०० सम्म) युरीक एसिड, पेट र कलेजोको औषधि खान थाले तर पनि स्वास्थ्य स्थिति नाजुक बन्दै गयो । 

    उनले २०७१ माघदेखि  काठमाडौमा नै रहेर उपचार गर्न थाले । पटक पटक दिल्ली जाने फर्कने प्रक्रिया चलिरह्यो । अचानक २०७२ साल वैशाख २६ गते घरैमा बेहोस भए ।  २७ गते पनि त्यही प्रक्रिया दोहेरिएपछि भाईसँग बुटवल झरे अनि खर्चको व्यवस्था गरी २९ गते काठमाडौंतिर लागे । ३० गतेदेखि काठमाडौंमा मृगौला रोग विशेषज्ञको परामर्शमा डाइलाइसिस प्रकृयामा गए ।  चौथो पटक सम्म डाइलाइसिस गरे । र पछि औषधि खाँदै दिल्लीतर्फ २०७२ श्रावणमा गए । शुरूमा राजस्थानको ग्लोबल अस्पतालमा चेकअप गराए । 

    तर उक्त अस्पतालले मेदान्त अस्पतालले हेरेको केसमा आफुले हात नहाल्ने भन्यो । केबल पायल्सको औषधि बदलेर रक्तश्राब रोक्न खोजियो तर रोकिएन र फेरी दिल्ली फर्किएर मेदान्त अस्पतालमामा नै उपचार शुरू गरे । रिपोर्ट अनुसार मिर्गौला बदल्नु पर्ने, मुटुको २ वटा भल्व बदल्नु पर्ने, पायल्सको अपरेशन गर्नुपर्ने, नाकमा मासु पलाएकोले देब्रे नाकको डांडी बाङ्गो भएकोले त्यसको पनि अपरेशन गर्नुपर्ने, दाँतको स्ट्याण्ड राख्नु पर्ने, २० वर्ष भन्दा पहिलेदेखिको  ढाडमा मासुको गिर्खा बढ्दै दुख्न थालेकाले त्यसलाई मेदान्त अस्पतालले क्यान्सर भन्यो । पहिले त्यसको अपरेशन गरेर क्रमशः विद्युतीय पद्धतिद्वारा सेक्नु पर्ने भन्यो र भाद्र १ गते बिहीबार अपरेशन गर्न बिहान ८ बजे भर्ना हुन डाक्टरले भने । अपरेशन र सेकाइको लागि एक लाख २५ हजार खर्च लाग्ने भयो, पैसा त जुटाउन तयार भए तर करीब ६÷७ वटा अपरेशन गर्नुपर्ने जस्तो अवस्था देखिएकाले उनलाई डर र चिन्ता लाग्यो ।


    आचार्य  श्रीमतीसंग टोलाएर मेदान्त अस्पतालको फुलबारीमा बसिरहेका थिए  अचानक नेपालबाट बहिनी ज्वाँईले फोन गरे । बहिनीलाई बाथको कारणले उपचारको लागि सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा भर्ना गरी बसेको बेला फोन आयो । स्वास्थ्य अवस्थाको बारेमा सबै जानकारी पाएपछि अपरेशन नगरीकनै त्यस्ता प्रकृतिका कतिपय रोगीहरू रजहरमा ठिक भएका छन् भनेर किड्नीको बिरामी रूपन्देही मणीग्रामका  खिमानन्दको उदाहरण दिंदै रजहर आउन सुझाए । 

    अपरेशनतिर लाग्नु भनेको तुरून्त मृत्युलाई निम्त्याउनु हो भन्ने ठानी श्रीमतीसँग सल्लाह गरी नेपाल फर्कने निश्चित गरे ।  भाद्र १ गते बिहीबारको अपरेशन छाडेर दिल्लीबाट नेपाल फर्किए । २ गते बिहान गोरखपुर हुँदै सुनौली आई दिनभरी त्यहाँ बसे । त्यति बेला नेपाल बन्दका कारण त्यहाँ आएको १२ घण्टा पछि प्रहरीको स्कर्टिङ्गमा नवलपरासीको रजहर स्थित प्राकृतिक चिकित्सा अस्पताल पुगे ।

    भाद्र महिना भएकोले पानी ठूलै परेको थियो, शरीर थकित थियो ।   आफ्नो निम्ति भन्दा पनि अरू कसैलाई खुसी दिनको लागि मात्र त्यहाँ गएको छु किनकि मलाई निको हुनेवाला छैन भन्ने आचार्यले मनमा थियो । उनले विहान १९ थरि, दिउँसो १४ थरि, साँझ १९ थरि औषधि सेवन नियमित गरिराखेको थिए । पायल्सको लागि २ थरि मलम पनि प्रयोग गर्दै आएको थिए । त्यस दिन साँझको औषधि कोठामा आएर खाए, निद्राको औषधि खाएर पनि निद्रा परेन ।

    किनकि उनी केबल मृत्युको पर्खाइमा मात्र थिए । भाद्र ३ गते बिहान ६ बजे उपचार कक्षमा जांदा शुरूमा त्यति विश्वास लागेन । भारतका त्यत्रा ठूला अस्पतालमा उपचार गराएर त्यहाँ निको नभएका रोगहरू (मुटु, लिभर, किड्नी, पायल्स, ढाडको, क्यान्सर, नाकमा मासु पलाएको, अल्सर) कसरी निको होला र भन्ने भयो । तर पनि उनीसँग अरू विकल्प पनि थिएन । ११ बजे डाक्टर बिनोद पौडेल र डाक्टर उमेश के.सीले उनलाई संयुक्त रूपमा भेट गरी सबै रिपोर्ट हेरे ।

    डाक्टरले औषधि हेरौं भने, उनले सबै औषधि टेबलभरि फिंजाई दिए । बिनोद डाक्टरले सर तपाई कति बाँच्न चाहनुहुन्छ भन्दै यदि धेरै बाच्ने हो भने यी  मेडिसिन खाएर तपाई बाँच्नु हुदैन बढीमा तपाईको आयु १ वर्ष हो भनिदिए । उनले पनि त्यही अनुमान गरेकाले मिल्यो । अपरेशनमा नगए १÷२ वर्ष ,अपरेशनमा गए उतिखेरै मृत्यु हुन्छ भन्ने अनुमान गरेका  थिए । अस्पतालका औषधि र रिपोर्टले स्वास्थ्य सुध्रिनै सक्तैन, प्राकृतिक उपचार पद्धति विचार गरी हेर्नुहोस भनी डा. बिनोद पौडेलले भन्दा तपाईको विधिले ग्यारेन्टी सन्चो हुन्छ भन्ने के छ भनेर प्रतिप्रश्न गरे आचार्यले ।

    जवाफमा डाक्टरले नेपालका अस्पतालले नसकेर राजस्थान दिल्ली जानु भयो र त्यहाँ पनि ग्यारेन्टी लिएनन् त्यसैले यहाँ हामीहरूले गर्ने भनेको पनि प्रयास हो, यहाँलाई विश्वास लाग्छ भने उपचार लिनुस् विश्वास लाग्दैन भने नलिन पनि सकिन्छ भनिदिए । आचार्यले परिवारसँग छलफल गरिसकेपछि उपचार शुरू गर्ने निर्णयमा पुगे । यसरी भारतके मेदान्तमा १ गते गर्ने भनेको अप्रेसन नगरी नेपाल फर्केर भाद्र ३ गतेबाट प्राकृतिक अस्पतालमा उपचार शुरू गरे । गर्दै जाँदा पाँचौ दिनबाट पायल्सको रगत जान अलि कम भयो भने छैठौं दिन पुरै रोकियो । सातौं दिन डा. उमेशले बोलाएर पायल्सको औषधि छोड्न भने ।

    ३ महिना लगातार बगिरहेको रगत रोकिनु र औषधि छाड्ने कुरा अत्यन्तै ठूलो उपलब्धीको रूपमा लिए आचार्यले । उनमा बिस्तारै बाँच्ने उत्साह जाग्न थाल्यो । विचमा अस्पताल प्रमुख डा. कृष्ण न्यौपानेले पनि थप उत्साहीत पार्न थाले । सबै डाक्टरहरूले अत्यन्तै ममताका साथ उपचारमा जुटे । थेरापिष्टहरू पनि अत्यन्तै कडा मेहनतका साथ आचार्यको उपचारमा खटिए ।  डाक्टरहरू प्रायः सबैले  रोगको जड पेट नै हो भन्थे ।

    त्यसैले सबै रोग ठिक गर्न आचार्यले साहस गरी उपचार पद्धतिमा सहयोग गर्नुपर्छ भनेर भाद्र ८ गते साँझबाट उपवास बस्न थाले । १३ गते त्यो क्यान्सर भएको ढाडको डल्लो माटो र पोटलीले सेक्दासेक्दै फुट्यो, झण्डै एक पाउ फोहोरो कनिका टाइपको गयो । त्यसपछि उनलाई झन उत्साह थपियो, अब बाँचिन्छ भन्ने निश्चित भयो ।

    प्राकृतिक चिकित्सा पद्धतिको उपचार र आफ्नो मिहिनेतले नसोचेको परिणाम आउन सक्ने कुरा उनले प्रत्यक्ष भोगे । उनको  उपबास झन कड़ा बन्दै जान थाल्यो र आश्विन १९ गते साँझ ४३ औं दिनमा १ दलिया खाएर उपवास तोडे । यो बीचमा १९ थरि औषधिमा १६ थरि औषधिहरू जस्तै मुटुको, लिबरको, किड्नी, प्रेसर, सुगर, युरिकएसीड, अल्सर र निद्राको गरी १६ थरि औषधि क्रमशः छोड्दै गए । र  टेपवर्मको (टाउको) को औषधि मात्र खांदै गए ।

    क्यान्सर भनेको ठाउँ पनि डाक्टरहरूकै कठोर मेहनतले ठीक हुँदै गयो । र अन्ततः उनले क्यान्सर पनि जिते । मुख्यमन्त्री आचार्यको अनुभवका आधारमा नेपाल जस्तो अविकसित मुलुकमा मानिसहरू स्वास्थ्यको कारण अत्यन्तै दुःख, कष्ट भोगिरहेका छन् । लाखौंलाख खर्च गरेर पनि रोग निको हुन नसकी अकालमै ज्यान गुमाइरहेका छन् । यो विडम्वना छ ।


    ‘आधा दर्जन बढी रोगसंग लड्दा उपचारकै लागि भारतका विभिन्न अस्पतालहरु धाउनु प¥यो, मृत्युको मुखमै पुगियो र बांच्ने आशा पनि मारेको थिएं, अन्तिममा नेपालकै प्राकृतिक चिकित्सालयमा आएर सबै रोगबाट मुक्त भएको छुुं’–मुख्यमन्त्री आचार्यले भने–‘भाग्य वा संयोगले मुख्यमन्त्री हुन लेखेको रहेछ, मेरो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्ने सोंचेको छु,राज्यले एलोपेथिक र आयुर्वेदिक क्षेत्रमा लगानी गरे जस्तै प्राकृतिक चिकित्सामा पनि थप अध्ययन, अनुसन्धान गरी लगानी गर्नुपर्छ भन्ने लाग्छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij