२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  •  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्।

    विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्।

     

    मन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा अर्थ्याएका छन्। लोकतन्त्रमा सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाज सबैलाई जवाफदेही बनाउने सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण संस्था भएको उनको भनाइ छ।

    स्वतन्त्रतासँगै पत्रकारितामा जिम्मेवारी, व्यावसायिक मर्यादा र तथ्यप्रतिको प्रतिबद्धता उत्तिकै आवश्यक हुने मन्त्री तिमिल्सिनाले औँल्याएका छन्। ‘प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,’ विज्ञप्तिमा उनले भनेका छन्।

     

    आजको डिजिटल युगमा गलत सूचना, भ्रामक सामग्री, सामाजिक सञ्जालको दुरुपयोग र प्रविधिमार्फत हुने मनोवैज्ञानिक प्रभावजस्ता चुनौतीहरू बढिरहेको सन्दर्भ जोड्दै मन्त्री तिमिल्सिनाले यस्तो समयमा सत्य, तथ्य र सार्वजनिक हितलाई केन्द्रमा राख्ने पत्रकारिता अझ बढी आवश्यक भएको बताएका छन्। ‘समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्त्वपूर्ण रहन्छ,’ उनले भनेका छन् ।

    मन्त्री तिमिल्सिनाले सत्य र जनहितका पक्षमा निरन्तर क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति उच्च सम्मान व्यक्त गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको परम्परा थप सशक्त बन्ने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij