२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

फूलबारीमा मणिमुकुन्द सेन दरबार र  पार्क हस्पिटालिटी सेन्टर बनाउने योजना

फूलबारीमा मणिमुकुन्द सेन दरबार र  पार्क हस्पिटालिटी सेन्टर बनाउने योजना

फूलबारीमा मणिमुकुन्द सेन दरबार र  पार्क हस्पिटालिटी सेन्टर बनाउने योजना

फूलबारीमा मणिमुकुन्द सेन दरबार र  पार्क हस्पिटालिटी सेन्टर बनाउने योजना

फूलबारीमा मणिमुकुन्द सेन दरबार र  पार्क हस्पिटालिटी सेन्टर बनाउने योजना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१

  • बुटवल । बुटवलको मणिमुकुन्द सेन उद्यान ( फूलबारी ) लाई थप आकर्षक र पर्यटकको रोजाईको थलो बनाउन विभिन्न योजना अघि सारिएको छ । फूलबारीमा मणिमुकुन्द सेन राजाको दरबार तथा संग्रहालय,पार्क हस्पिटालिटी सेन्टर लगायत संरचना बनाउने योजना छन् । पार्क हस्पिटालिटी सेन्टर नेपालमै नौलो हुनेछ । कुडुले घर रहेको ठाउंमा नेपाली मौलिक संस्कार,संस्कृति, पाहुनालाई गरिने नेपाली सत्कार, भेषभुषा आदि पर्यटकलाई पस्केर नेपाली संस्कार र संस्कृति जगेर्ना गरिने छ । 
    मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले मंगलबार पत्रकारहरुसंग एक अन्तरक्रिया गर्दै उद्यानको संरक्षण र विकासका लागि हालसम्मका प्रयास र आगामी कार्ययोजनाबारे समेत जानकारी गराएको छ ।
    अध्यक्ष माधव नेपालले मणिमुकुन्द सेन उद्यानको विकासका लागि दीर्घकालीन योजना र रणनीति बनाएर काम गरिएको बताए । संघ, प्रदेश र स्थानीय सरकारसँग मिलेर विभिन्न क्षेत्रको सुझावलाई समेत मध्यनजर गर्दै विकासका काम अगाडि बढाइएको उनले बताए । तर पुरातत्व विभागका कारण मणिमुकुन्द सेन दरबारको भग्नावशेष संरक्षणमा समस्या आएको उनले बताए । 
    समितिका महासचिव युवराज घिमिरेले गत आर्थिक वर्षमा फूलबारीमा ३ करोड ७३ लाख ६१ हजार ८७४ रुपियाँ आम्दानी भएको ,  ३ करोड ३७ लाख १४ हजार ६ रुपियाँ खर्च भएको र  कुल खर्च मध्ये ७२ दशमलव ५ प्रतिशत विकास निर्माण, चिडियाखाना र बगैचा व्यवस्थापनमा भएको छ भने २७ दशमलव ५ प्रतिशत प्रशासनिक खर्च भएको जानकारी दिए ।
     गएको वर्ष फूलबारीमा शिवालय मन्दिर निर्माण, भुईमा ढुंगा लगाउने काम तथा गेट निर्माण, २७ हजार ५०० फूट दुवो रोपण, स्काई साइकल नजीक टायल, ट्रस्ट र काउन्टर निर्माण, बँदेल तथा अष्ट्रिचको खोर निर्माण, कुँडुले घर निर्माणलगायतका विभिन्न कामहरु भएको घिमिरेले बताए । यसैगरी मायादेवी, गौतम बुद्ध, मणिमुकुन्द सेन, उजिरसिंह थापा, यादवनाथ आलोक, लखन थापा, दशरथ चन्द, तारापति भट्टराई, बसिर मिया, जीवराज आश्रित, सूर्यप्रसाद घिमिरे र चोकबहादुर गुरूङ लगायतका अर्धकदका शालिक राखेर ‘बुटवल स्मारक’ निर्माण गरिएको छ ।
    उनका अनुसार आगामी वर्ष थप एउटा कुँडुले घर तथा पौडी पोखरी स्थापना, मणिमुकुन्द सेन सूचना केन्द्र निर्माण, जिप लाइनको संभाव्यता अध्ययन गरी कार्यान्वयन, नर्सरी स्थानान्तरण, सन्चो बिसन्चो केन्द्रलाई पूर्णता लगायतका कार्य गरिने छ ।
    उद्यानमा आर्थिक वर्ष २०८०÷८१ मा मात्रै झण्डै ७ लाख मानिस भ्रमण गर्न आएका र टिकट काटेर मात्र प्रवेश गर्नेको संख्या ५ लाख ४९ हजार ३९४ जना रहेका र यसमध्ये  भारतीयहरुको संख्या १०.५ प्रतिशत अर्थात ५७ हजार २३० जना रहेको उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिए ।
    वार्षिक योजना बनाएर उद्यानको विकासका लागि काम अघि बढाइएको भन्दै सिलवालले भविष्यमा उद्यानलाई बुटिक उद्यानका रुपमा विकास गरिने लक्ष्य रहेको बताए । १५ औं शताब्दीमा मणिमुकुन्द सेन राजाले निर्माण गरेको शीतकालीन दरबार अवशेष पनि फूलबारीमा छ ।
    २०३६ सालमा फूलबारी पार्कको रूपमा स्थापना भएकोमा २०५४ सालदेखि मणिमुकुन्द सेन उद्यान पार्कको नाममा पार्क सञ्चालन गरिएको छ । १५ बिघा क्षेत्रफलमा रहेको पार्कलाई २५ बिघामा विस्तार गरी पूर्वाधार निर्माणको काम भइरहेको राष्ट्रिय उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइँटेल बताउँछन् ।
    पार्कमा पुराना भग्नाबशेष दरबार, वनजंगल, फूलबारी, झरना, शहीदस्तम्भ र चिडियाखानासमेत छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij