काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारको सिफारिसमा मंगलबार (वैशाख २२) उनले यो अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ ।
राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै यसअघि सरकारलाई फिर्ता पठाएका थिए ।
तर, सरकारले जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको थियो ।




