बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री चेतनारायण आचार्य सहित ९ जना मन्त्रीले पद तथा गोपनियताको दपथ ग्रहण गरेका छन। बुधबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र ८ जना बिना बिभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गराएका हुन।
काङ्ग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी तथा नेकपा एमालेबाट रुपन्देहीका भुमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम बहादुर सारु र दाङकी शिता शर्माले बिना बिभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन।
काङ्ग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा सरकारमा जाने भनिएपनी अन्तिम समयमा तिमिल्सिनाको नाम काटिएको हो। उनलाई केही दिनमा मन्त्री बनाउने काङ्ग्रेस स्रोतले बतायो।
१२ मन्त्रालय रहेको लुम्बिनीमा बाकी मन्त्रालय साना दललाई दिने दुई दलबीच सहमति भएको छ।
आचार्य सोमबार एमालेका २९ र काङ्ग्रेसका २७ जनाको गरि ५६ जनाको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख शेरचनले सोमबार नै आचार्यलाई मन्त्री नियुक्त गरेका थिए।




