२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौं । संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य थालिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकहरूमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका निम्ति बिहीबार (वैशाख २४)देखि यो कार्य सुरु गरिएको हो ।

    संघीय संसद्का विषयगत समितिहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विकास, आर्थिक मामिला तथा सुशासन, अर्थ, विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सकिएको छ ।

    यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूको विवरण संकलनको कार्य भइरहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

    शुक्रबार (वैशाख २५) कृषि, सहकारी तथा प्राकृतिक स्रोत, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, पूर्वाधार विकास, सार्वजनिक नीति तथा प्रत्योजित विधायन, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन समिति सदस्यका उक्त विवरण संकलन गरिनेछ ।

    यस्तै, वैशाख २८ गते सार्वजनिक लेखा र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको उक्त विवरण संकलन गरिने संसद् सचिवालयले जनाएको छ । न्युज एजेन्सी नेपाल

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij