२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रतिनिधिसभा बैठक: आकस्मिक समयमा कसले के भने?

प्रतिनिधिसभा बैठक: आकस्मिक समयमा कसले के भने?

प्रतिनिधिसभा बैठक: आकस्मिक समयमा कसले के भने?

प्रतिनिधिसभा बैठक: आकस्मिक समयमा कसले के भने?

प्रतिनिधिसभा बैठक: आकस्मिक समयमा कसले के भने?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • बुटवल । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनु पर्ने देखि रातो मच्छिन्द्रनाथको रथको दायाँबायाँ राखिने हिटीमङ्ग हराएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। 
     
    बैठकमा सांसद ठाकुरसिंह थारु यही जेठ १ गते बर्दियाको बबई नदीमा लठवा मसान घाटको एकातिर लास जलाइरहेको र अर्कोतिर डोजर चलाइरहेका विषयबारे सरकारको ध्यानाकर्षण गराए। उनले दाहसंस्कार गर्दा बस्ने भवन भत्काउन आदेश दिने वनका कर्मचारीलाई कारबाहीको माग गरे।
     
    सांसद गङ्गालक्ष्मी अवालेले ललितपुरमा सहकालका देवता रातो मच्छिन्द्रनाथ रथको दायाँबायाँ राखिने कर्कट नागको करिब ९० केजीको तामामाथि सुनको जलप लगाएको हिटीमङ्ग हराएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। 
     

    सांसद खुस्बु ओलीले नेपालबाट कुवेत गएकी शर्मिला दर्जी अलपत्र अवस्थामा परेको उल्लेख गर्दै दर्जीको तत्काल खोजी गर्न माग गरिन्।

    सांसद सुनिल केसीले भूमिगत विद्युत् लाइन र खानेपानी पाइप विस्तार गर्ने जिम्मेवारी लिएका कम्पनीहरुले सडक सुरक्षालाई बेवास्ता गर्ने, खाल्डाहरु यत्तिकै छाड्नाले दुर्घटना बढको विषयमा सरकारको ध्यानाकर्षण गराए।
     
    सांसद धनेन्द्र कार्कीले बालबालिकाहरुले भोग्नुपरेको दुर्व्यवहारसम्बन्धी घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै यस्ता घटना हुन नदिन सुरक्षा व्यवस्थामा ध्यान दिन आग्रह गरे।

    सांसद बलावती शर्माले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने आजको दिन भएकाे उल्लेख गर्दै उक्त विषयमा ध्यानाकर्षण गराइन्। सांसद ध्रुवराज राईले अलपत्र परेको सडक, सवारीसाधन र यात्रुहरुको सुरक्षामा सरकारको ध्यानाकर्षण गराए।
     
    सांसद सुरेशकुमार चौधरीले यही जेठ १ गते राप्ती सुनारी गाउँपालिका-३ मा पर्ने सामुदायिक वनका बाख्रा चराइरहेको अवस्थामा चारजना थारु महिलामाथि १० र ११ जनाको समूहमा आएका मानिसहरुले कुटपिट तथा लुटपाटमा संलग्नलाई कडा कारबाही गर्न माग गरे। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij