काठमाडौं । श्रम संस्कति पार्टीका अध्याक्ष हर्क साम्पाङले सरकार संसद् र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध गर्दै उनले प्रधानमन्त्री, मन्त्रीहरू संसद्प्रति जवाफदेही नभएको बताए ।
उनले मन्त्रीहरू पनि नआउने गरेको भन्दै नियमावलीको (२) लागु भएको बताए । “संसद्प्रति सरकार जवाफदेही बन्नैपर्छ । जनताप्रति जवाफदेही बन्नैपर्छ,” उनले भने ।
उनले प्रश्नोत्तरका लागि सरकारलाई रुलिङ गर्न माग गरे । “कडा तरिकाले रुलिङ गरेर सरकारका मन्त्रीज्यूहरूलाई लिएर प्रश्नोत्तर गर्ने । हामी ५–६ वटा प्रश्न गर्न चाहन्छौँ,” उनले भने, “त्यो प्रश्नको जवाफ दिने उहाँहरूको कर्तव्य हो ।”
उनले माग पूरा नभएसम्म पर्चा देखाइरहने चेतावनी दिए । सभामुख डोलप्रसाद अर्यालले आजै केही मन्त्रीहरूले सदनमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको बताए ।




