दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गरेका छन ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययाेजना लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन ।
राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशकाे अाैचित्य पुष्टि गर्नेगरि काम गर्न प्रतिबद्द रहेकाे बताए । याे गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारकाे अनुभुती गर्नेगरी काम गर्ने बताए ।
केही दिनभित्र मन्त्रीहरुकाे कार्यविभाजन गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने जानकारी गराए । पदभार ग्रहण पछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनाेबलका साथ जनताकाे पक्षमा काम गर्न निर्देशन दिए ।




