२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आफ्नै सारथीको घेराबन्दीमा ओली, पार्टीमा खुला विद्रोहको संकेत

आफ्नै सारथीको घेराबन्दीमा ओली, पार्टीमा खुला विद्रोहको संकेत

आफ्नै सारथीको घेराबन्दीमा ओली, पार्टीमा खुला विद्रोहको संकेत

आफ्नै सारथीको घेराबन्दीमा ओली, पार्टीमा खुला विद्रोहको संकेत

आफ्नै सारथीको घेराबन्दीमा ओली, पार्टीमा खुला विद्रोहको संकेत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै सारथीबाट घेराबन्दीमा परेपछि संकट थपिएको छ । अन्ततः ओलीका ‘दाहिने हात’ मानिने महासचिव शंकर पोखरेलले पनि साथ छाडेका छन् ।  पोखरेलले शनिबार अध्यक्ष ओली निवास गुन्डुमा बसेको पार्टी सचिवालय बैठकमा अब यथास्थितिमा एमाले अघि बढ्न नसक्ने बताउँदै आफ्नो ‘पोजिसन’ स्पष्ट गरेका हुन् । 

    महासचिव पोखरेलले वर्तमान असहज परिस्थितिमा अहिलेकै शैलीले अघि बढ्न नसक्ने बताउँदै पार्टीमा व्यापक सुधारको आवश्यकता औल्याएका थिए ।  बैठकमा सहभागी एमालेका एक नेताका अनुसार महासचिव पोखरेलले यही स्थितिमा पार्टी अब अघि बढ्न नसक्ने धारणा बैठकमा राखेका थिए । महासचिव पोखरेलले पार्टी पुनर्गठनको पक्षमा जोड दिएका छन् । 

    ‘‘यही शैलीमा पार्टी अघि बढ्न सक्दैन, गम्भीर आत्मसमीक्षा जरुरी छ । पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो भन्ने उहाँ (महासचिव) को सार थियो,” बैठकमा सहभागी एक पदाधिकारीले बाह्रखरीलाई जानकारी दिँदै भने, ‘‘यथास्थितिमा अघि बढ्न सकिँदैन भन्ने कुरा आएको छ । अध्यक्षप्रति महासचिव कमरेडको पनि असन्तुष्टीभाव बुझ्न सकिन्थ्यो । मार्गप्रशस्त गर्नुपर्ने स्प्रिटमा भनाइ आएको छ ।’’ 

    उपमहासचिव लेखराज भट्टका अनुसार, बैठकमा तीन उपमहासचिव र पाँचजना सचिवहरूले पनि धारणा राखेका थिए । अब चारजनाले बोल्न बाँकी छ । आज बिहान साढे ११ बजेबाट सुरु हुने बैठकमा बाँकी रहेका चारजना सचिवले धारणा राख्ने उनले बताए ।

    बैठकमा एमाले उपाध्यक्षहरुले पनि नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा राखिसकेका छन् । ओलीलाई पहिलो कार्यकालदेखि नै साथ र सहयोग दिँदै आएका एमाले उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ पनि मार्गप्रशस्त गर्न उपयुक्त हुने भन्दै ओलीलाई सुझाएका छन् । 

    ‘‘पार्टी पुनर्गठनको ढोका खोल्ने काम अध्यक्षबाट सुरु गरौँ । हामीले पनि आ–आफ्नो जिम्मेवारीको समीक्षा गरौं र पार्टी पुनर्गठनको ढोका खोल्न तयार होऔंँ,’’ उपाध्यक्ष गुरुङले भनेका थिए । 

    यस्तै, उपाध्यक्ष गोकर्ण विष्ट र रघुजी पन्तले पनि अध्यक्ष केपी ओलीले नैतिक जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । उनीहरु पनि विपक्षमा उभिएपछि ओली थप संकटको डिलमा पुगेका हुन् ।  यता, एमालेका उपमहासचिव योगेश भट्टराईले त प्रश्ट रुपले अध्यक्ष ओलीले राजीनामा दिनु नै समाधानको विकल्प रहेको बताइसकेका छन् । 

    भट्टराईसँगै एमालेका बहुमत उपमहासचिवहरू पनि ओलीले मार्गप्रशस्त गरेर सहजीकरण गर्नुपर्ने पक्षमा उभिएका छन् । यता, नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि एमाले पार्टी केपी शर्मा ओलीको ‘पेवा नभएको’ बताएकी छिन् । 

    गुन्डु बैठककै बीचमा शाक्यले फेसबुकमार्फत ओलीप्रति कडा टिप्पणी गरेकी थिइन् ।  उनले ओलीको घमण्ड र गुटगत सोच उस्तै रहेको बताएकी छन् । साथै, एमाले ‘केपी ओली गुटको कम्पनी’ नभएको दाबी समेत गरेकी छन् ।  ओलीले तीन कार्यकाल पार्टीको नेतृत्व गरिसकेका कारण यतिबेला कार्यकर्ताको भावना बुझ्न उनको आग्रह छ ।  युवापुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्न एमाले नेतृ शाक्यले ओलीलाई अनुरोध समेत गरेकी छन् । 

    ‘‘अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु । बलिदानको रगतले जन्मेको पार्टी हो एमाले । लाखौँ कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले,’’ उनले भनेकी छन्, ‘‘यो पार्टी तपाईंको मात्र पेवा होइन । एमाले तपाईंको गुटको कम्पनी पनि होइन । त्यसैले, कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ ।’’ 

    बैठकमा सहभागी नेताका अनुसार सचिवालय बैठकको बहस निर्णायक मोडमा प्रवेश गरेको छ ।  शुक्रबार र शनिबारको बैठकले एमालेमा ध्रुवीकरण तीव्र भएको संकेत मिलेको छ ।  माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र नेता महेश बस्नेतले भने ओलीको खुलेर बचाउमा उत्रिएका छन् । 

    आफु निकटबाटै मार्गप्रशस्त गर्न सुझाव र दबाबपछि अध्यक्ष ओली बैठकमा आक्रोशित बनेका थिए ।  ओलीले बैठकमा विरोधीहरूसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको बताएका थिए ।  बैठकपछि नेता लेखराज भट्टले उपाध्यक्षहरूबाट स्पष्टसँग विचार राखेको जानकारी सञ्चारकर्मीलाई दिएका थिए ।  उनले सचिवालयमा पहिलोपल्ट छलफल लामो चलेको समेत बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij