२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा अमृत भुसाल मनोनित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • बुटवल । रुपन्देहीका स्वास्थ्यकर्मी अमृत भुसाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग सदस्य पदमा मनोनित भएका छन्। पार्टीका महामन्त्री भुपदेव शाहले भुसाललाई उक्त जिम्मेवारीमा मनोनित गरिएको जानकारी दिएका हुन्। साथै, शाहले भुसाललाई नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्न शुभकामना दिएका छन्।

    भुसाल लामो समयदेखि रुपन्देहीको बुटवलस्थित आधुनिक समाज डेन्टल मार्फत मुख स्वास्थ्य अभियान सञ्चालन गर्दै आएका छन्। विशेषगरी विद्यालयस्तरमा मुख स्वास्थ्यप्रति जनचेतना फैलाउने अभियानमा सक्रिय भुसालले हालसम्म १ लाखभन्दा बढी विद्यार्थीलाई निःशुल्क मुख स्वास्थ्य प्रशिक्षण तथा मुख परीक्षण गरिसकेका छन्।

    स्वास्थ्य क्षेत्रमा उनको निरन्तर योगदान र सामाजिक सक्रियतालाई मध्यनजर गर्दै पार्टीले महत्वपूर्ण जिम्मेवारी दिएको बताइएको छ। भुसालको मनोनयनसँगै स्वास्थ्य नीति तथा जनस्वास्थ्यका विषयमा रास्वपाले थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij