२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रामग्रामबाट ठूलाे परिमाण लागुओैषध सहित एक जना पक्राउ

रामग्रामबाट ठूलाे परिमाण लागुओैषध सहित एक जना पक्राउ

रामग्रामबाट ठूलाे परिमाण लागुओैषध सहित एक जना पक्राउ

रामग्रामबाट ठूलाे परिमाण लागुओैषध सहित एक जना पक्राउ

रामग्रामबाट ठूलाे परिमाण लागुओैषध सहित एक जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • गाैरीशंकर जयसवाल / परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागू औषधसहित एक जना नियन्त्रणमा लिएकाे छ ।रामग्राम नगरपालिकाकाे वडान ९ मधवलियाबाट लागू औषधसहित एक जना प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

    पक्राउ पर्नेमा रामग्राम न.पा. वडा नं. ९ मधवलियाका ३० बर्षिय आजाद पाठकलाई लागू ओैषधसहित नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

    उनकाे अनुसर पक्राउ गरिएकाे पाठकाे घरमा ठूलो परिमाणमा लागू औषध लुकाई छिपाई राखी बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनलाई पक्राउ गरिएको बताए ।

    पाठकको घर खानतलासी गर्दा निजको २ वटा कोठा र भान्सा घरबाट लागू औषध फेला परेकाे प्रहरीले जनाएको छ ।पाठक घरबाट बुप्रिनोर्फिन ७२ एम्पुल,फेनारगन ७८ एम्पुल, डाईजेपाम ७७ एम्पुल,अनरेक्स १००ml को बोतल ६ पिस नाईट्रभेट -ट्याब्लेट १०५ पिस प्राेसिकाे ईस्पास क्याप्सुल ५१० पिस एसपिएम पिआरएक्सटि ७५ पिस एनशिल को सिम थान १ सहितको INFINIX लेखेको स्क्रिन टच मोबाईल थान बरामद गरिएको प्रहरी नायव उपरीक्षक बाेहराले जानकारी दिए ।

    लागू औषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासिबाट दिन ५ (पाँच ) म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका आजाद पाठक मिति २०७६/०९/२६ गते लागू औषध सम्वन्धि कसुर मुद्धामा पक्राउ परि जिल्ला अदालत परासीको फैसला बमोजिम ३ वर्ष कैद भुक्तान गरि मिति २०७९/०९/२६ गते कारागारबाट छुटेका थिए ।

    लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `झ´ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्ष देखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँ देखि बीस लाख रुपैयाँसम्म जरिवाना हुने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij