२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनी केबलकारमा भदौसम्म सोमबार टिकटदर आधा सस्तो

लुम्बिनी केबलकारमा भदौसम्म सोमबार टिकटदर आधा सस्तो

लुम्बिनी केबलकारमा भदौसम्म सोमबार टिकटदर आधा सस्तो

लुम्बिनी केबलकारमा भदौसम्म सोमबार टिकटदर आधा सस्तो

लुम्बिनी केबलकारमा भदौसम्म सोमबार टिकटदर आधा सस्तो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • बुटवल । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । गत वर्ष यो अफर अत्यधीक सफल भएको थियो ।

    पर्यटकहरुको माग अनुसार यो वर्ष पनि अफर ल्याएको कम्पनीले जनाएको छ । साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।

    केबलकारको साधारण टिकट दर एक हजार रुपैयां छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयां मात्र तिर्नुपर्ने छ । ‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ तर टिकट लिएकाहरु १२ बजेदेखि सांझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउंछन्’– अपरेसन म्यानेजर कायस्थले भने ।

    सो बाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर र य वर्षदेखि पूजाआजा हुंदै आएको दुुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । साउन महिनामा बसन्तपुरको टप स्टेशनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।

    मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरुले ५ सय रुपैया भारुमा टिकट खरिद गर्न सक्ने केबलकारका म्यानेजर प्रज्वल घिमिरेले जानकारी दिए । लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुुर्गा माता मन्दिर हिन्दू धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

    मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको म्याजेजर घिमिरेले बताए । टप स्टेशनमा जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वरपिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरु रहेका छन् ।

    केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कवापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिंदै आएको छ । लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवलमा भारतीय र आन्तरिक पर्यटकको आगमन केही मात्रामा बढेकाले बजार थप गुल्जार र व्यवसाय चलायमान भएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल बताउंछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij