२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

    आइतबार बिहान सवा ११ बजेका लागि तय भएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो । बैठकमा शून्य समय चल्यो । केही सांसदहरूले आफ्ना धारणा राखे । त्यसपछि सभाध्यक्ष नारायाण दाहालले विशेष समय नराखिएको जानकारी दिए । र, २० मिनेटपछि बस्ने गरी बैठक स्थगित गरे ।

    आजको कार्यसूचीमा  प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    त्यसपछि आज नै यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

    यसैगरी, प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ पनि आजै पारित गर्ने कार्यसूची छ ।

    तर, बैठक कार्यसूचीमा प्रवेश नै गरी स्थगित भएको हो ।

    नेताहरूका अनुसार यी दुई विधेयकमा परेका संशोधनका सम्बन्धमा सरकारसँग संवाद चलिरहेको छ । यसकारण बैठक स्थगित गरेर सहमति खोज्न लागिएको छ ।

    राष्ट्रिय सभामा रहेका दलका प्रतिनिधिसँग कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवाद गरिरहेकी छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक र मतदाता नामावली संशोधन विधेयकमा तीनरतीन वटा संशोधन परेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij