२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसद्‍मा पेस भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले मनलाग्दी करको दर हेरफेर गरे : कांग्रेस

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले संसद्मा पेश भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले मनलाग्दी करका दरमा हेरफेर गरेको र यस्तो स्वीकार्य नरहेको बताएको छ ।

    संसद्मा दर्ता भइसकेको विधेयकमा मन्त्रालयले आफूखुसी त्यसका प्रावधान चलाउने कार्य आर्थिक अपराध भएको आफूहरूको बुझाइ रहेको कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बताइन् ।

    ‘यो विषयमा अध्ययन गरिरहेका छौं । किर्ते भयो भन्ने प्रारम्भिक बुझाइ छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘संसदलाई नै छलेर करका दरमा मनलाग्दी हेरफेर गरिएको छ । यसबारे संसद्मै कुरा उठाइन्छ । राज्यविरुद्धको अपराध जस्तै देखिन्छ ।’

    उनका अनुसार यो विषयमा कांग्रेसले आधिकारिक धारणा बनाएरै अगाडि बढ्न खोजेको छ ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा अर्थमन्त्रालयले पटक–पटक हेरफेर गरेर अर्थमन्त्रालयको वेबसाइटमा राखेको छ ।

    संसद्मा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।

    नेपाल सरकारले संसद्‌मा दर्ता गरेको आर्थिक विधेयक पृष्ठ ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो साइटमा राखेको यो लविधेयकको पृष्ठ संख्या ४४८ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij