२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन् । बजेटको अन्तिम तयारी चलिरहेका बेला संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनमा मन्त्रीहरूले राजीनामा बुझाइरहेका छन् ।

    एमालेको तर्फबाट मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीलाई राजीनामा दिन भनिएको र राजीनामा आउनेक्रम रहेको मुख्यमन्त्री आचार्यले पुष्टि गरेका छन् । 

    मुख्यमन्त्री आचार्यले सरकारमा नयाँ अनुहारलाई अवसर दिन मन्त्री परिवर्तनको प्रक्रिया अघि बढाइएको बताए ।

    यसैबीच, नेपाली कांग्रेसले पूर्वसहमतिअनुसार नेतृत्वसहित सरकार पुनर्गठन हुनुपर्ने अडान राख्दै आएको छ । जेठको पहिलो सातामै मन्त्री हेरफेरको चर्चा भए पनि कांग्रेसले मुख्यमन्त्रीसहित समग्र सरकार पुनर्गठनको पक्षमा धारणा राखेपछि प्रक्रिया केही समय रोकिएको थियो ।

    बुधबार नै नयाँ मन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिए पनि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रदेशबाहिर रहेकाले तत्काल नियुक्ति सम्भव नहुने बताइएको छ ।

    सचिवालयका अनुसार कम्तीमा दुई दिनपछि मात्रै नयाँ मन्त्रीहरूको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्छ ।

    यता, बजेट भाषणको तयारी भइरहेका बेला मन्त्रिपरिषद् परिवर्तन भए पनि बजेटमा कुनै प्रभाव नपर्ने सचिवालयको दाबी छ । उनले भने, “मन्त्री परिवर्तनलाई नियमित राजनीतिक प्रक्रिया भन्दै बजेट निर्माणमा कुनै असर पर्दैन । उनका अनुसार सरकार नयाँ जिम्मेवारी बाँडफाँटबारे छलफलमा जुटेको छ । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठवटा कायम गर्ने निर्णय समेत गरिसकेको छ ।

    एमाले र कांग्रेसबीच भएको मौखिक समझदारी अनुसार सरकारमा सहभागी दलहरूबीच मन्त्रालय बाँडफाँटको व्यवस्था यथावत् रहने बताइएको छ । यही कारण एमालेले आफ्नो भागमा रहेका चारवटै मन्त्रालयमा नयाँ प्रतिनिधि पठाउने तयारी गरेको छ ।

    यसैबीच, एमालेबाट नयाँ मन्त्रीका रूपमा गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस भएको स्रोतको दाबी छ ।

    खत्री यसअघि पनि मन्त्री भइसकेका व्यक्ति हुन् । भुसाल, घिमिरे र चौधरीका लागि यो पहिलो मन्त्री पदको अवसर हुनेछ । पार्टीले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्न नपाएकाहरूलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij