२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पूर्वसांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको निधन

पूर्वसांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको निधन

पूर्वसांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको निधन

पूर्वसांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको निधन

पूर्वसांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको निधन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • बुटवल । नेकपा (एमाले) का वरिष्ठ नेता मंगलप्रसाद गुप्ताको निधन भएको छ। भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा हृदयाघातपछि उपचाररत गुप्ताको आइतबार बिहान निधन भएको एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिएका छन्।

    ८० वर्ष नाघेका गुप्ता कपिलवस्तु क्षेत्र नम्बर ३ का पूर्व सांसद रहनुका साथै लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनले २०३९ सालदेखि संसदीय निर्वाचनमा उम्मेदवारी दिन थालेका थिए। एमालेबाट ९ पटक उम्मेदवार बनेका गुप्ताले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी हुँदै सांसदको जिम्मेवारी सम्हालेका थिए।

    एमालेका पुराना तथा प्रभावशाली नेतामध्ये एक मानिने गुप्ताको निधनले कपिलवस्तुको राजनीतिक वृत्तमा शोक छाएको छ। पार्टीका नेताकार्यकर्ताले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    जिल्ला अध्यक्ष खनालका अनुसार गुप्ताको पार्थिव शरीर मंगलबार मात्र कृष्णनगर ल्याइनेछ भने बुधबार अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

    स्वर्गीय गुप्ताका श्रीमती तथा चार छोरा छन्। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij