२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकार रास्वपाको नभई देशको विधानले चल्नुपर्छ : गगन थापा

सरकार रास्वपाको नभई देशको विधानले चल्नुपर्छ : गगन थापा

सरकार रास्वपाको नभई देशको विधानले चल्नुपर्छ : गगन थापा

सरकार रास्वपाको नभई देशको विधानले चल्नुपर्छ : गगन थापा

सरकार रास्वपाको नभई देशको विधानले चल्नुपर्छ : गगन थापा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताएका छन् । मंगलबार गोरखाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै उनले पाँच बर्ष सरकार चलाउने जिम्मा पाएको रास्वपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताएका हुन् ।

    राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको बताउँदै उनले भने, ‘रास्वपाभित्र के हुन्छ के हुँदैन ? त्यो हाम्रो सरोकारको विषय होइन । पाँच बर्ष उहाँहरुले सरकार चलाउन पाउनुभएको छ, उहाँहरुले सरकार चलाउनुहुन्छ । तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो, देशको संविधानले सरकार चल्छ ।’

    देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको उनले स्पष्ट पारे । राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको उनको भनाइ थियो ।

    २०४६ सालयता सरकारमा रहेका र प्रतिपक्षमा बसेकाहरुले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गर्न नसकेको उनको आरोप छ । सत्तामोहका कारण समस्या भएको उनले जिकिर गरे ।

    सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानविन हुनुपर्ने विषय कांग्रेसले पहिलै देखि उठाउँदै आएको र त्यसमा सहयोग गर्न आफूहरु सदैव तयार रहेको उनले बताए । ‘सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर हामीले पनि पहिलैदेखि भन्दै आएका थियौँ,’ उनले भने, ‘अहिलेको सरकारले सुरुवात गरेको छ, हामी छानबिनका लागि खुला छौँ, सहयोग गर्छौँ ।’

    तर छानविन आयोग गठनको विषयमा केही आपत्ति रहेको भन्दै उनले आवश्यक ठाउँमा यसको जवाफ खोज्ने जानकारी गराए ।

    ‘हामी जसरी हिम्मत गरिरहेका छौ, त्यही हिम्मत तपाईहरुसँग छ की छैन रु तपाईहरु प्रधानमन्त्री, मन्त्री बन्नुभएको छ, यो उमेरमा तपाईहरुसँग यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर सोध्दा त्यो देखाउने साहस गर्न सक्नुहुन्छ कि नाइँ रु’ थापाले प्रश्न गरे ।

    सुधन गुरुङप्रति लक्षित गर्दै थपे, ‘त्यो देखाउने भनेको तपाईको जिल्लामा भएजस्तो झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ भनेजस्तो होइन, काले काले मिलेर खाउ भाले भने जस्तो होइन ।’ देशमा सुशासन आवश्यक रहेको भन्दै उनले पाँच बर्षभित्र बोलेको कुरा पूरा गर्न सरकारलाई आग्रह समेत गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij