२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्

रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्

रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्

रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्

रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौं । प्रतिनिधिसभामा रहेको अवरोध खुलेको छ । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाएर जवाफ माग गर्दै आएका छन् ।

    यस सम्बन्धमा छलफल गर्ने र समाधान निकाल्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहल लिए । उनले सर्वदलीय बैठक राखे । विपक्षी दलहरूसँग छलफल गरे ।

    परिणाममा प्रधानमन्त्री बालेन्द्रले दिएको अभिव्यक्ति समेतलाई ध्यानमा राखेर परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे सरकारको धारणा सार्वजनिक गर्ने गरी संसद्को अवरोध खुल्न सकेको हो ।

    यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए ।

    उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

    प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको भोलिपल्टदेखि लामिछानेले पाँच दिने भारत भ्रमण गरे । लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले पनि भारत भ्रमण गरे ।

    भारत भ्रमणका क्रममा भएका संवाद र नेपालले राखेका विषय सहित सीमा विवादबारे सरकारको प्रष्ट धारणा परराष्ट्रमन्त्रीले राख्ने गरी संसद्को अवरोध खुलेको हो ।

    तर प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति राखेको छ ।

    ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’ यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने ।

    प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले जवाफ दिने गरी संसद्को अवरोध खोल्न अन्य विपक्षी दलहरू तयार भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईले आफूहरूको असहमति रहेको बताएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij