२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेकपाले भन्यो वालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नै नेपालीका लागि दुर्भाग्य

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वालेन्द्र शाहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्। 

    राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुका साथै प्रधानमन्त्रीले आम नागरिकसमक्ष माफी माग्नुपर्ने बताए। 

    उनले मुलुकको प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए। सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको होरु भन्दै अध्यक्षमार्फत प्रश्न गरे।

    उनले भने, ‘वालेन्द्र साहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठूलो दुर्भाग्य हो। नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छरु नेपाली जनतालाई जानकारी गराउनुपर्छ। अध्यक्ष महोदय मात्रृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन। हरेक नेपालीको रगतमा देशक्तिपूर्ण भावना जीवन्त छ। सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंदले संसदमा क्षमा माग्नुपर्छ।’

    मुलुकको निर्माण पुर्खाको बलिदान र संघर्षबाट भएको उल्लेख गर्दै उनले राष्ट्र र राष्ट्रियतामाथि कुनै पनि तहबाट आघात पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij