२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका छन् ।

    प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संसद्‍बाट पास हुने बजेटले कार्यान्वयनको चरणमा धेरै अधिकार कार्यपालिकाले नै निर्णय गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने प्रावधानहरू रहेको भनेर प्रश्न गरेकी थिइन् ।

    जवाफमा अर्थमन्त्री वाग्लेले भने, ‘वेस्ट मिनिस्टर प्रणालीमा यही नै हो । ओभरल म्यान्डेड व्यवस्थापिकाले कार्यपालिकालाई दिन्छ । ’

    यहीँनेर अर्थमन्त्री वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका हुन् ।

    ‘कार्यपालिका अथवा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । त्यसैले यो सार्वभौम छ । मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ,’ अर्थमन्त्री डा. वाग्लेले भनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij