२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपा लुम्बिनी प्रदेश समिति निर्वाचनः यी हुन् निर्वाचित सदस्यहरू

रास्वपा लुम्बिनी प्रदेश समिति निर्वाचनः यी हुन् निर्वाचित सदस्यहरू

रास्वपा लुम्बिनी प्रदेश समिति निर्वाचनः यी हुन् निर्वाचित सदस्यहरू

रास्वपा लुम्बिनी प्रदेश समिति निर्वाचनः यी हुन् निर्वाचित सदस्यहरू

रास्वपा लुम्बिनी प्रदेश समिति निर्वाचनः यी हुन् निर्वाचित सदस्यहरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनबाट विभिन्न समावेशी तथा क्षेत्रगत सदस्य पदमा यी उम्मेदवार निर्वाचित भएका छन्।

    समितिको समानुपातिकतर्फःखस आर्य सदस्यमा शालिकराम घिमिरे–३५८ मत (विजयी) भए भने गोपाल घिमिरे २८६ मत (विजयी) भएका छन् । शालिकराम र गोपाल सभापतिको लागि दोस्रो चरणमा पुगेका उम्मेदार हुन् ।

    त्यसैगरी खस आर्य महिला सदस्यमा मुना हमाल, प्रमा ज्ञवाली, शीला कुमारी केसी,भगवती न्यौपाने ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

    त्यसैगरी दलित सदस्यमा निरज गौतम, कृष्णा विक, जनजाति सदस्यमा भोजबहादुर बुढाथोकी, सुमित श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

    थारु सदस्यतर्फ भएको निर्वाचनमा गोविन्दबहादुर थारु २८३ मत, बिहारी चौधरी २७५ मत ल्याएर विजयी भएका हुन् भने प्रमा चौधरी निर्विरोध निर्वाचित भएकी हुन् ।

    मधेशी सदस्यतर्फ भएको निर्वाचनमा गौतमप्रसाद पाण्डे २२३ मत, रञ्जयकुमार गुप्ता २१५ मत ल्याएर विजयी भए । मधेशी महिला सदस्यमा भने नौशिन फातिमा निर्विरोध निर्वाचित भइन् ।

    क्षेत्रगत सदस्यतर्फ कपिलवस्तु–१ मा कमलप्रसाद पाण्डेय २७२ मत ल्याएर विजयी भए भने कपिलवस्तु–२ मा आशा पन्था गुप्ता निर्विरोध निर्वाचित भइन् । कपिलवस्तु–३ मा अर्जुन सपकोटा निर्विरोध निर्वाचित भए ।

    रूपन्देही–१ विष्णु प्रसाद पौडेल, रूपन्देही–२ मा निर्मला भट्टराई (मित्र) निर्विरोध, रूपन्देही–३ मा मायादेवी खनाल, रूपन्देही–५ पार्वती देवकोटा विजयी भए । त्यसैगरी नवलपरासी–१ मा बिक्रम पौडेल , नवलपरासी–२ मा युगराज ढकाल निर्विरोध, अर्घाखाँची–१ मा अभिमन्यु पाण्डेल विजयी भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अधिकांश समावेशी समूहमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने प्रतिस्पर्धात्मक मतदान भएका क्षेत्रमा माथि उल्लेखित उम्मेदवार विजयी बनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij