दोहा, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारासहित गुल्मी सेवा समाज कतारको २३औँ वार्षिक भेला भव्यताका साथ सम्पन्न भएको छ।
शुक्रबार कतारको एन–खलितस्थित हाएक टी कफी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष **मित्र बी.एस.**को सभापतित्व तथा प्रमुख संरक्षक बुद्ध पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन समाजका सचिव कुमार राहादी मगरले गरेका थिए।
कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सूरज चन्द बोहोराले स्वागत मन्तव्य व्यक्त गरेका थिए। वार्षिक भेलाको औपचारिक उद्घाटन प्रमुख अतिथिबाट दीप प्रज्वलन तथा केक काटेर गरिएको थियो।
भेलामा समाजका कोषाध्यक्ष कमल खत्रीले संस्थाको एक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेश समन्वय परिषद् कतार तथा प्रदेशअन्तर्गतका विभिन्न जिल्ला संस्थाका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उक्त अवसरमा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका प्रमुख संरक्षक क्रान्ति सिंह, अध्यक्ष साजन लौडारी, सचिव विवश बेलबासे, कोषाध्यक्ष विश्वनाथ भट्टराई, लेखा संयोजक शंकर न्यौपाने, सदस्य चन्द्र कुँवर लगायत विभिन्न सामाजिक तथा जातीय संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
त्यसैगरी, समाजका संरक्षक सदस्यहरू विजय विक्रम बस्नेत र शिव खड्का, प्रमुख सल्लाहकार कमल अर्याल, सल्लाहकारहरू कृष्णकुमार अविरल पन्थी, भीम तरामु मगर, बाबुराम महत, अमित गौतम, अशोक पोखरेल, अर्जुन कुँवर र नारायण केसी अर्याल लगायतको उपस्थिति रहेको थियो। महिला संयोजक कल्पना घर्ती, पूर्व महिला संयोजक मिना खड्का, अंकिता खत्री, तिल विक्रम मगर, श्रीधर राजा पौडेल, देवी मगर, ओम गुरुङ, बालाराम पाण्डे, बिक्की गैर र उषा परियार सहित कतारमा रहेका गुल्मेली तथा गैर–गुल्मेली नेपाली समुदायको बाक्लो सहभागिता रहेको थियो।
नेपालबाट एक साताको भ्रमणमा कतार आएका इस्माली समाज रुपन्देहीका अध्यक्ष कृष्णबहादुर जिसी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। मन्तव्यका क्रममा उनले गुल्मी सेवा समाज कतारले सञ्चालन गर्दै आएका सामाजिक कार्यप्रति इस्माली समाज रुपन्देहीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। नेपालमा जुनसुकै विपद् वा कठिन परिस्थितिमा पनि सहकार्य गर्न आफू र आफ्नो संस्था तयार रहेको उनले बताए।
कार्यक्रममा समाजका सल्लाहकार भीम तरामु मगरले संस्थाको स्थापना कालदेखि हालसम्मका गतिविधिबारे जानकारी गराएका थिए। प्रमुख अतिथि बुद्ध पाण्डेले स्थापना कालदेखि संस्थामा आबद्ध भई योगदान पुर्याउने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका थिए।
अतिथि सत्कार महिला संयोजक कल्पना घर्तीले गरेकी थिइन्। कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो। गिरिमाया तरामुको स्वागत नृत्यसहित अमित परियार, बाबुराम परियार तथा कतारमा स्थापित अन्य स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष मित्र बी.एसले वार्षिक भेला सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि संस्थाले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।




