२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध विप्लव नेकपाको चेतावनी, "नेपाली भूमिमाथिको अतिक्रमण स्वीकार्दैनौं" भन्दै बुटवलमा प्रदर्शन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • बुटवल । भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा हस्तक्षेप बढाएको आरोप लगाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुटवलमा विरोध प्रदर्शन गरेको छ। 

    पार्टीले भारतीय पक्षबाट भइरहेको भनिएको सीमा अतिक्रमण, नेपाली नागरिकमाथिको दुर्व्यवहार तथा नेपालको सार्वभौमिकतामाथि भइरहेको हस्तक्षेपविरुद्ध सडकमा उत्रिएर खबरदारी गरेको हो।

    नेकपाले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय झण्डासहित नाराबाजी गर्दै भारतीय सुरक्षा बलको गतिविधिको विरोध गरेका थिए। उनीहरूले नेपाल सरकारलाई राष्ट्रिय स्वाधीनताको रक्षामा दृढतापूर्वक उभिन आग्रह गरेका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय नेता शरद वलीले भारतीय एसएसबीले सीमा क्षेत्रमा देखाएको व्यवहारलाई नेपाली सार्वभौमिकतामाथिको चुनौतीका रूपमा व्याख्या गरे। 

    उनले नेपाली भूमि र राष्ट्रिय स्वाभिमानमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै सरकारले कूटनीतिक तथा राजनीतिक रूपमा कडा कदम चाल्नुपर्ने बताए।

    “नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो। नेपाली भूमिमा विदेशी सुरक्षाकर्मीको हस्तक्षेप सह्य हुँदैन,” उनले भने, “यदि यस्ता गतिविधि रोकिएनन् भने देशभरबाट सशक्त प्रतिरोध उठ्नेछ।”

    त्यस्तै, नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी वीरेन्द्र बिकले सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेका गतिविधिप्रति सरकार मौन बसेको आरोप लगाए। 

    उनले राष्ट्रियताको सवालमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउँदै नेपाली जनताले आफ्नो भूमि र अस्मिताको रक्षा गर्न सक्ने चेतावनी दिए।

    “सीमामा नेपाली नागरिकलाई दुःख दिने, नेपाली भूमिमा आएर हस्तक्षेप गर्ने र राज्य त्यसै हेरेर बस्ने अवस्था स्वीकार्य छैन,” उनले भने, “राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ।”

    प्रदर्शनमा सहभागीहरूले भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर लगायतका नारासमेत लगाएका थिए।

    नेकपाले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले तत्काल प्रभावकारी पहल नगरे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ। 

    राष्ट्रिय स्वाभिमान, सीमा सुरक्षा र नेपाली भूमिको संरक्षणका विषयमा कुनै सम्झौता नहुने भन्दै नेताहरूले देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij