२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बजेट पुनर्लेखन गर्नुपर्दछ: उर्मिला अर्याल

बजेट पुनर्लेखन गर्नुपर्दछ: उर्मिला अर्याल

बजेट पुनर्लेखन गर्नुपर्दछ: उर्मिला अर्याल

बजेट पुनर्लेखन गर्नुपर्दछ: उर्मिला अर्याल

बजेट पुनर्लेखन गर्नुपर्दछ: उर्मिला अर्याल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने बताएकी छन् ।

    सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले बजेट पुनर्लेखन गर्न सरकारसँग माग गरेकी हुन् ।

    सांसद अर्यालले सामाजिक न्यायको दृष्टिकोणले बजेट प्रतिगामी रहेको जिकिर समेत गरिन् । उनले सरकारले ल्याएको कर प्रणाली पनि उचित नभएको जिकिर गरिन् । सांसद अर्यालले बजेटमा गरिब वर्गका लागि कुनै ठोस योजना ल्याउन नसकेको पनि बताइन् ।

    उनले भनिन्, ‘सरकारले आफनो कर प्रश्तावमा आम्दानीमा आधारित प्रणालीको सट्टा उपभोगमा आधारित प्रणालीमा जोड दिएको छ । यो बजेट स्वभाविक रूपमा प्रतिगामी छ । करका संरचनाहरूबारे नेकपाका माननीय डा। पर्शुराम तामाङ र माननीय वर्षमान पुनले प्रतिनिधिसभामा विस्तृत रुूमा राखिसक्नु भएको हुनाले उहाँहरूको धारणाप्रति समर्थन जनाउँदछु । अर्कोतर्फ सार्वजनिक कम्पनीहरूले सरकारलाई बुझाउने लाभांश मा राजश्व फिर्तामा जोड दिनुपर्दछ । गरिब र निमुखामुखि बजेट हुनुपर्दछ । यो बजेट पुनर्लेखन हुने सर्तसहित समर्थन गर्दछु ।’

    सांसद अर्यालले सरकारले उत्पादनको क्षेत्रमा कुनै ठोस योजना ल्याउन नसकेको समेत बताइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij