२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सिमलताल दुर्घटना: ११ दिनमा कार्यदलले सकेन काम, थप सात दिन माग

सिमलताल दुर्घटना: ११ दिनमा कार्यदलले सकेन काम, थप सात दिन माग

सिमलताल दुर्घटना: ११ दिनमा कार्यदलले सकेन काम, थप सात दिन माग

सिमलताल दुर्घटना: ११ दिनमा कार्यदलले सकेन काम, थप सात दिन माग

सिमलताल दुर्घटना: ११ दिनमा कार्यदलले सकेन काम, थप सात दिन माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • चितवन । सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले तोकिएको समयमा काम नसकिएपछि म्याद थपिदिन सरकारसँग अनुरोध गरेको छ ।
    सरकारले ६२ जना यात्रु लिएर गुडिरहेको दुईवटा बसलाई लदोसहितको पहिरोले त्रिशूलीमा बेपत्ता बनाएको घटनाको तथ्य पत्ता लगाउन साउन ३१ गते कार्यदल बनाएको थियो ।

    गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएको थियो । ११ दिनको कार्य समय दिएर बनाएको कार्यदलले प्रतिवेदन समयभित्र बुझाउन नसकेपछि म्याद थपिदिन माग गरेको हो ।

    कार्यदल संयोजक रिजालका अनुसार कार्यदलले स्थलगत अध्ययन र हराइरहेका यात्रुका आफन्त, दुर्घटनामा बाँचेका तीनजनासँग पनि कुराकानी गरिसकेको छ ।


    उनले भने, ‘हामीले प्रतिवेदनको खाका पनि बनाइसकेका छौँ, तर हिजो काठमाडौंमा भएको दुर्घटनाका कारण पनि केही काम बाँकी रह्यो ।’

    गृहसचिव पनि काठमाडौं बाहिर भएकोले प्रतिवेदन बुझाउने समय लम्बिएको पनि जनाइएको छ । उनले आफूहरूले प्रतिवेदन बुझाउने सात दिन म्याद थपिदिन माग गरेपनि आइतबार वा सोमबारसम्म प्रतिवेदन बुझाउने जानकारी दिए ।

    त्यसैगरि कार्यदलका सदस्य तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सपटौलाले पनि प्रतिवेदनलाई अन्तिम रुप दिने काम बाँकी रहेको बताए ।

    उनले नेपाल प्रेससँग कुराकानी गर्दै राज्यले सिमलताल दुर्घटनाका यात्रुहरुमा विभेद गरेको समेत गुनासो गरे ।

    गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूली नदीमा दुई बसलाई पहिरोले बगाउँदा ६२ जना यात्रु त्रिशूलीमा बेपत्ता भएका छन् । उनीहरुमध्ये २३ जनाको मात्रै शव पहिचान भएको छ । बाँकी दुईको पहिचान खुलेको छैन । भने अन्य यात्रु र बसको अहिलेसम्म अत्तोपत्तो लागेको छैन ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij