२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइँदै

पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइँदै

पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइँदै

पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइँदै

पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • काठमाण्डौ । आज जुलाई २५ तारिख, संयुक्त राष्ट्रसङ्घको आह्वानमा 'वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे' विश्वभरी मनाइँदैछ । पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्ने उद्देश्यले यो दिवस नेपालमा पनि मनाइन्छ । पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवसको अवसरमा आज विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

    विश्वभरी वर्षेनि २ लाख ३५ हजार मानिसको पानीमा डुबेर ज्यान जाने गरेको तथ्याङ्क भेटिन्छ । एक अध्ययनअनुसार नेपालमा पनि खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर प्रत्येक वर्ष ५ सय जनाभन्दा धेरैले ज्यान गुमाउँछन् ।

    नेपालमा नदीको आसपास र नदीमा नुहाउने क्रममा डुबेर, बगेर ज्यान गुमाउनेको सङ्ख्या बढी देखिएको छ । यसैगरी बाढीमा परेर, नदीमा हाम फालेर, ट्याङ्कीमा डुबेर, पानी भरेर राखेको भाडामा बालबालिका परेर ज्यान गुमाएका घटना धेरै रहेको यसैसम्बन्धी अनुसन्धानकर्ता भगवती सेढाईंले बताए।

    उहाँले समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, पालिकाले पनि आफ्ना वार्षिक कार्यक्रममा नदीमा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन सचेतनाका कार्यक्रमहरू आयोजना गरेर पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्नुपर्ने सुझाव दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij