२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एमाले-कांग्रेससँग कुरा भइरहेको छ, सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  •  बुटवल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै सरकारको नीति कार्यक्रम गरिब मजदुर किसानका विरुद्ध भएको बताए ।

    उनले भने, ‘सरकार श्रमिक वर्ग विरोधी, गरिब मजदुर किसान विरोधी, अधिकार, ट्रेड युनियन अधिकार लगायतका अधिकार विरोधी क्रियाकलापका विरुद्ध हामीले सबै मोर्चाबाट आवाज उठाउनु पर्नेछ। क्रमशः हामी सदनबाट, सडकबाट अगाडी  बढ्ने कोसिस गरिरहेका छौँ। सदनमा सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा केन्द्रित गरेर अगाडी जाने हाम्रो कोसिस छ। सडकमा पनि बिस्तारै यी विषयहरू जनतालाई लैजान जरुरी छ।’

    उनले सरकारको कदमविरुद्ध बिस्तारै–बिस्तारै जनताले पनि बुझ्दै जाने स्थिति बनेको भन्दै आत्तिनु पर्ने कारण नभएको बताए। फेरि एकचोटी गणतन्त्रवादी र वामपन्थीहरू मिलेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए।

    उनले भने, ‘एमाले, कांग्रेस, मधेश केन्द्रित दलहरूसँग हाम्रो लगातार छलफल भइराखेको छ। स्वयं सत्तामा भएको पार्टीका नेताहरूसँग पनि विभिन्न रूपमा छलफलहरू कुराकानीहरू भइराखेको छ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij