२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौं । ६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

    शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्‍यो । यससँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

    सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो ।

    ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये ४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो ।

    संसद्को अधिवेशन नरहेका बेला सरकारले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० ९पहिलो संशोधन० अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण ९तेस्रो संशोधन० अध्यादेश, सहकारी ९पहिलो संशोधन० अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि त्यसैबेला आएको थियो ।

    यसमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन)अध्यादेश, सम्पत्ति शुद्धीकरण निवारण ९तेस्रो संशोधन० अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश शुक्रबार प्रतिनिधिसभाबाट स्वीकृत भएको हो ।

    यो सँगै अब यी चार वटै अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij