२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपालाई बाबुरामको चेतावनी- प्रदेशसभा खारेज गर्नेतिर लागे ठूलो भूल हुनेछ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • बुटवल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा खारेजी गर्नेतिर लागे ठूलो भूल हुने चेतावनी दिएका छन्। रास्वपाका जारी महाधिवेशनले प्रदेश खारेजी गर्ने प्रस्ताव पारित गरेपछि उनले यस्तो बताएका हुन्।

    उनले भनेका छन्, ‘नयाँ सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले सङ्घीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुनेछ।’

    आफ्नै नेतृत्वको सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्न खोजे देश अनिष्टतिर धकेल्नसक्ने उनको भनाइ छ।

    उनले थपेका छन्, ‘हाम्रो जस्तो जातीयरराष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानीपूर्ण सङ्घर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमति सहित गरिएको पुरानो एकात्मक राज्यको सङ्घीय पुनर्संरचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय–क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्नेछ। जुन कसैको पनि हितमा हुनेछैन।’

    उनले रास्वपा प्रदेश खारेजीको पक्षमा लाग्नु नदुखेको कपाल डोरी लगाएर दुखाउनु जस्तै हुने टिप्पणी गरेका छन्। उनले संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकासतिरै केन्द्रित हुनु बुद्धिमानी हुने उनको भनाइ छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij