२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपालाई नेकपाको सन्देश– हामी पुन : प्रतिस्पर्धी शक्ति बनेर आउने छौं

रास्वपालाई नेकपाको सन्देश– हामी पुन : प्रतिस्पर्धी शक्ति बनेर आउने छौं

रास्वपालाई नेकपाको सन्देश– हामी पुन : प्रतिस्पर्धी शक्ति बनेर आउने छौं

रास्वपालाई नेकपाको सन्देश– हामी पुन : प्रतिस्पर्धी शक्ति बनेर आउने छौं

रास्वपालाई नेकपाको सन्देश– हामी पुन : प्रतिस्पर्धी शक्ति बनेर आउने छौं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रास्वपाको प्रतिस्पर्धी शक्ति बन्ने जिकिर गरेको छ । यसपालिको निर्वाचनको हार सधैंका लागि नभएको भन्दै उसले पुनस् प्रतिस्पर्धी शक्ति बनेर आउने जनाएको हो ।

    आजको संसद बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल (शरद)ले भने, ‘हामी आवधिक चुनावमा यो पटक तपाईंहरुसँग हारेका हौं, सधैंका लागि हारेका होइनौं । हामी पुनस् प्रतिस्पर्धी शक्ति बनेर आउने छौं । दायाँ आसनमा फेरि अरु पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारुढ दललाई हेक्का दिलाउन चाहान्छु ।’

    संसदीय निर्वाचनको संख्यामा सानो–ठूलो हुनु आवधिक परिणाम भएको बताउँदै उनले भने, ‘वास्तविकता के हो भने हामी विचारका बीज हौं । विचार सही भए, विचारको समय सापेक्ष विकास भए सारालाई प्रभाव पार्न सक्छ । जसरी एउटा सानो झिल्कोले सिंगो जंगल सखाप पार्न सक्छ ।’

    उनले नेपालका प्रगतिशील, लोकतान्त्रिक एवम् वामपन्थी जनमतको पुनस् सम्मान गर्दै देशको नेतृत्व गर्ने हाम्रो सपना बिचलित नभएको बताए । ‘हामी एकताबद्ध भएर नवीन विचार, नेतृत्व र पहलकदमीसहित अघि बढ्नेछौं । हामी स्वच्छ, प्रतिस्पर्धासहित राष्ट्र निर्माणमा अगाडि बढ्नेछौं,’ सांसद दुलालले भने ।


    उनले सरकारको नेतृत्व गरेको दल रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा ‘लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध’ आइरहेको टिप्पणी गरे । त्यसपछि आफूहरु सचेत रहेको बताउँदै उनले भने, ‘लोकप्रियताको सुन्दर घुम्टोले केमोफाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काइ जिस्काई सेबेटोज गर्न बढ्दै गएको कपट र षडयन्त्रप्रति हामी गम्भीर र सचेत छौं ।’

    यद्यपि उनले महाधिवेशनबाट चुनिएको रास्वपाको नेतृत्व र सिंगो केन्द्रीय कमिटी टिमलाई बधाई दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij