२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु हतार हुन्छ’

‘एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु हतार हुन्छ’

‘एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु हतार हुन्छ’

‘एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु हतार हुन्छ’

‘एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु हतार हुन्छ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आज नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको बताएकी छन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने विषय गम्भीर समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताइन्।

    उनले भनिन्, ‘हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामू आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ। तर कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।’

    उनले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर लैजाने सकिने विश्वास व्यक्त गरिन्।

    उनले थपिन्, ‘बदलिँदो पुस्ता, रूपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवा पुस्तामा नयाँ आकांक्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिस्ट आन्दोलनले आफ्ना मूल आदर्श र सिद्धान्तलाई अक्षुण्ण राख्दै समय अनुकूल नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यकता अझ स्पष्ट रूपमा महसुस भएको छ।’

    आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन, नवप्रयोग र जनतासँगको जीवन्त सम्बन्ध मार्फत आन्दोलनले आफ्नो सान्दर्भिकता, प्रभावकारिता र भविष्य प्रतिको विश्वासलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताइन्।

    उनले भनिन्, ‘नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै मदन भण्डारीले भन्नुभएको थियो रचनात्मकताको अभाव नै कम्युनिस्ट आन्दोलनको मूल समस्या हो। आज आन्दोलनले सामना गरिरहेका चुनौतीहरूलाई हेर्दा उहाँको यो निष्कर्ष अझ सान्दर्भिक भएको अनुभव हुन्छ।’

    बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा अपेक्षित सृजनशीलता र रूपान्तरण ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई गम्भीरताका साथ आत्मसात् गर्न आवश्यक रहेको बताइन्।

    ‘जनताको विश्वास पुनः आर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्तिमा होइन, समय अनुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा निहित हुन्छ’ उनले थपिन्, ‘अब विगतको उपलब्धिको स्मरण मात्र पर्याप्त हुँदैन। वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिनसक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक छ।’

    युवा पुस्ताका आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा समय अनुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्न सक्दा नै कम्युनिस्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिने बताइन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij