२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल

नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल

नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल

नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल

नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • दाङ । नागरिक उन्मुक्ती पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ । 


    नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछी दल नेता फेर्ने निर्णय असफल भएको हो । प्रदेश सभाले बिहिवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरीनै छन् ।

    दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छिन् ।


    संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक फेर्ने निर्णय गरेर प्रदेश सभा सदस्य राजकुमार चौधरीले आफुलाई संसदीय दलको नेता तोकेर निवेदन पेश गरेका थिए ।

    तर, त्यो निवेदनलाई प्रदेश सभाले मान्यता दिएन । सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभामा प्राप्त भएको निवेदन र निर्णयहरुलाई अध्ययन गर्दा शंकास्पद भएको भन्दै मान्यता नदिएको बताए ।‘निर्णय पुस्तिका पनि संकास्पद छ । निवेदनमा पनि विधान अनुसारको दफाहरु कुनै तोकिएको छैन’सभामुख घर्तीले भने,‘नयाँ पत्र पेश गर्न भनेर फिर्ता पठाएका छौं ।’

    Messenger_creation_416444107434674.jpeg

    संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरण सहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो ।

    बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको उल्लेख थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij