२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओलीले भने- पार्टी एकताको सम्भावना छैन

ओलीले भने- पार्टी एकताको सम्भावना छैन

ओलीले भने- पार्टी एकताको सम्भावना छैन

ओलीले भने- पार्टी एकताको सम्भावना छैन

ओलीले भने- पार्टी एकताको सम्भावना छैन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको र त्यस्तो भ्रममा नपर्न नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । तर, अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको उनले बताए ।

    एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उनले भने, ‘सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता छ ।’

    एमालेले कोहीसँग पनि समूहगत र संस्थागत एकता नगर्ने भन्दै ओलीले भने, ‘पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं ।’ उनले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको बताए । एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखिएको उनको भनाइ थियो ।

    गत फागुन २१ गतेको निर्वाचनलाई २०८२ भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक भन्दै उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ? भन्ने विषय उल्लेख नभएकाले ती अपराध घटनालाई ढाकछोप गर्न आयोग बनेको स्पष्ट भएको जिकिर गरे ।

    उनले पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिँदै शत्रुहरुले आक्रमण गरिरहेको यसबेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिन सुझाए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij