२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव: रविले ककसलाई बनाउँदैछन् पदाधिकारी

उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव: रविले ककसलाई बनाउँदैछन् पदाधिकारी

उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव: रविले ककसलाई बनाउँदैछन् पदाधिकारी

उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव: रविले ककसलाई बनाउँदैछन् पदाधिकारी

उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव: रविले ककसलाई बनाउँदैछन् पदाधिकारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट सभापतिसहित ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। ९९ जना केन्द्रीय सदस्यबाट प्रत्यक्षतर्फका ६ जना पदाधिकारी पनि चुनिइसकेका छन्। उनीहरूले आज असार १७ गते शपथसमेत खाइसकेका छन्। 

    तर, रास्वपाको केन्द्रीय समितिले अझै पूर्णता पाइसकेको छैन। किनकि अझै वरिष्ठ नेतासहित १० जना पदाधिकारी, ३१ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ।

    पूर्वसहमति अनुसार प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेता बन्ने निश्चित छ। त्यसबाहेकका उपसभापति, महामन्त्री र प्रवक्तालगायतमा सभापति रवि लामिछानेले कस्ता नेतालाई जिम्मेवारी दिन्छन् भन्ने चासो देखिन्छ।

    चितवनको भरतपुरमा असार ७ देखि १२ सम्म चलेको महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये २ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री रविनिकट हुन्। बालेन समूहबाट १ सहमहामन्त्री मात्र निर्वाचित भएका छन्।

    रास्वपाको विधानमा सभापतिलाई शक्तिशाली बनाइएको छ। पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार उनैलाई छ। यसबारे रविले गृहकार्य थालिसकेको निकट नेताहरू बताउँछन्।

    एकता, समायोजनबाट आएका नेताहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले सबैसँग सल्लाह गरेर मनोनयन गर्ने उनको तयारी रहेको नेताहरूको भनाइ छ। उनले एकताको सन्देश दिन चाहेको र सकभर एक व्यक्ति, एक जिम्मेवारी होस् भन्ने उनको धारणा रहेको उनीहरूको भनाइ छ।

    त्यसो हुँदा उपसभापति बालेन समूहलाई दिन सक्ने सम्भावना रहेको नेताहरू बताउँछन्। सभापति लामिछानेले केन्द्रीय सदस्यमा चुनाव नलडेका नेताहरूलाई पदाधिकारी बनाउनेछन्।

    केन्द्रीय सदस्यमा निर्वाचित एक नेताका अनुसार उपसभापतिमा पूर्वाधारमन्त्री सुनिल लम्सालको सम्भावना बढी छ। त्यसो त गृहमन्त्री सुदन गुरुङले समेत उपसभापति नै ताकेका छन्।

    यी दुवै नेता प्रत्यक्षतर्फ चुनाव लडेका थिएनन्।

    ‘उपसभापतिमा सुनिल लम्साल नै हुन्छन् होला,’ उनले भने, ‘मनोनीतको कन्सेप्ट नै के हो भने नआएका साथीहरूलाई राख्ने, त्यसो गर्दा प्रतिस्पर्धी भावना पनि बन्द होस् र पछाडिका अनुहार पनि देखिऊन् भन्ने हो। त्यसो गर्दा एकता र समायोजन प्रक्रियाबाट आएकाहरू नै समेटिन्छन्।’

    कविन्द्र बुर्लाकोटीलाई प्रमुख सचेतक भएकाले संसद्कै काममा केन्द्रित हुन रविले भनेको उनीनिकट एक नेताले बताए।

    यस्तै रास्वपाको एक महामन्त्रीमा रविका विश्वासपात्र विपिन आचार्य निर्वाचित भइसकेका छन्। अब अर्का महामन्त्रीमा बालेन समूहकै कुनै नेताले पाउने देखिन्छ।

    ‘महामन्त्रीमा भूपदेवकै बलियो सम्भावना छ। उपसभापतिमा लम्साल आएपछि महामन्त्री एउटै समूहलाई नदिन पनि सक्छन्,’ बालेनका विश्वासपात्र ती नेताले थपे।

    रविनिकट एक निर्वाचित पदाधिकारीले पनि समायोजनलाई विशेष ध्यान राखेर केन्द्रीय सदस्य र पदाधिकारीहरू मनोनीत गर्ने बताए।

    ‘किनकि एकता र समायोजनबाट आएका धेरै साथीहरू अझै पनि बाँकी हुनुहुन्छ। यो अन्तिम चरणको समायोजन भएको हिसाबले पार्टी सभापति रवि लामिछानेले धेरै विचार गरेर समायोजनको रूपमा पदाधिकारी राख्नुहुनेछ,’ उनले भने, ‘उपसभापतिमा समीक्षा हुने सम्भावना खासै देखेको छैन। हाम्रा पूर्वाधारमन्त्री र गृहमन्त्रीमध्ये एकजना हुने सम्भावना बढी देखेको छु। किनकि उहाँहरूको नाम व्यापक चर्चामा छ। महामन्त्रीमा भूपदेवजी नै आउने देखिन्छ। अहिलेसम्म ९९ प्रतिशत हो। एक प्रतिशत तलमाथि भए अर्कै कुरा हो।’

    पदाधिकारीमा खसआर्य समुदायको बाहुल्य भएको देखिएपछि मनोनीत गर्दा त्यसलाई पनि मिलाउनुपर्ने बाध्यतामा रवि छन्।

    रास्वपामा अर्को आकर्षक पद भनेको प्रवक्ता पनि हो। यसपटक पनि रवि आफ्ना विश्वासपात्रलाई प्रवक्ता बनाउने योजनामा छन्। मनिष झाले महामन्त्रीमा चुनाव लडेर विपिन आचार्यसँग पराजित भएपछि प्रवक्ता नबस्ने घोषणा गरिसकेकाले रविको नजर प्रमोद न्यौपानेतिर छ।

    सिन्धुपाल्चोकका न्यौपानेले रविलाई पछिल्ला दुई वर्ष दर्बिलो साथ दिएका छन्। उनी सांसद पनि छैनन्। समानुपातिकतर्फबाट सांसद बन्ने सूचीमा हुँदा पनि उनी अन्य समूहलाई मिलाउनुपर्दा परेका थिएनन्।

    त्यही भएर रविले यसपटक उनलाई जिम्मेवारी दिने सम्भावना रहेको अर्का पदाधिकारीले बताए। प्रमोद चितवन महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। महामन्त्रीको उम्मेदवारी दिएर पछि फिर्ता लिई उनले विपिन आचार्यलाई सहयोग गरेका थिए।

    ‘प्रवक्तामा प्रमोद न्यौपानेलाई ल्याउन सक्ने देखिन्छ,’ ती पदाधिकारीले भने, ‘हामीले जिम्मेवारी दिनुपर्ने व्यक्ति हो। फेरि प्रवक्ता र कोषाध्यक्ष सभापतिको विश्वासपात्रलाई नै बनाउने भनेर हामीले यसअघि नै एक किसिमले समझदारी बनाइसकेका छौँ।’

    राास्वपाको विधान अनुसार एक प्रवक्ता रहन्छन्। यस्तै २ जना सहप्रवक्ता रहन्छन्। यसैगरी रास्वपामा पाँच जना सहमहामन्त्री रहन्छन्। ३ जना प्रत्यक्ष चुनावबाट आइसकेकाले अब २ जना मनोनीत गर्न बाँकी छ। जसबारे रविले कुनै संकेत दिएका छैनन्।

    ‘सहमहामन्त्रीमा नाम सुनिएको छैन। सरप्राइज दिने हो कि!’ अर्का नेताले भने, ‘मनोनीत केन्द्रीय सदस्यबाट बनाउने गर्ने भएकाले जो पनि आउन सक्ने देखिन्छ।’

    यसैगरी रास्वपामा कोषाध्यक्ष पद पनि छ। यसअघि चार वर्ष लिमा अधिकारी सो जिम्मेवारीमा थिइन्। तर, यसपटक उनले राजनीतिक पद लिने चाहना राखेकी छन्। यद्यपि, रविले लिमालाई नै कोषाध्यक्ष बनाउनुपर्ने धारणा राखेका छन्। त्यसो हुँदा लीमा नै दोहोरिन सक्ने पनि देखिन्छ।

    रविलाई दिइएको अधिकार
    महाधिवेशन गर्नुभन्दा अगाडि नै मनोनीत गर्ने विषयमा नवनिर्वाचित सभापतिलाई पूर्ण अधिकार दिइसकिएकोले रविले इच्छा लागेको व्यक्तिलाई मनोनीत गर्न सक्छन्।

    ‘उहाँको एकल अधिकार रहन्छ। हामीले सभापतिलाई एकदमै शक्ति दिएका छौँ, उहाँलाई एकल निर्णय गर्ने अधिकार दिएका छौँ,’ ती नेताले थपे। रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले मनोनीत गर्ने कुरा सभापतिको भएको बताए।

    ‘सभापतिसँग केही कुरा भएको छैन। शपथपछि केन्द्रीय समितिको बैठक बस्छ, त्यसपछि मनोनीतबारे निर्णय होला,’ उनले भने।

    मन्त्री भएकालाई सकभर जिम्मेवारी नदिने तर सचिवालय सदस्यमा राख्ने रविको तयारी छ। त्यसो हुँदा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भूमि व्यवस्था मन्त्री प्रतिभा रावल लगायत सचिवालय सदस्य बन्नेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij