२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जेन जी आन्दोलनकारीलाई रिहा गर्न र ब्याचलर परीक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाउन सांसद बानुको आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २० २०८३
शनिवार, आषाढ २० २०८३
  •  

    काठमाडौं । प्रतिनिधि सभा सदस्य अफ्साना बानुले ९ महिनादेखि कारागारमा रहेका २७ सय जना भन्दा बढी जनआन्दोलनकारीहरूको रिहाइलाई पहिलो प्राथमिकता बनाउन आग्रह गरेकी छन्।

    सांसद बानुले जेनजी जनआन्दोलनलाई वैधानिकता प्रदान गर्न तथा कारागारमा रहेका आन्दोलनकारी, घाइते र सहिद परिवारका हितका लागि तयार गरिएको जेनजी जनादेश  तत्कालीन अन्तरिम सरकारसमक्ष बुझाउँदा १५२ भन्दा बढी व्यक्तिले जिम्मेवारीसहित हस्ताक्षर गरेको स्मरण गराएकी छन्।

    उनले त्यतिबेला जनादेशमा हस्ताक्षर गर्दै जिम्मेवारी लिएका व्यक्तिहरूमध्ये अधिकांश अहिले मौन रहेको टिप्पणी गर्दै प्रश्न गरेकी छन्, “त्यो बेला जिम्मा लिएका अनुहारहरू आज कहाँ गए ?

    बानुले हालसम्म कारागारमा रहेका जनआन्दोलनकारीहरूको पक्षमा अपेक्षाअनुसार आवाज नउठेको दाबी गर्दै उनीहरूको रिहाइका लागि सबै पक्षले साझा पहल गर्नुपर्नेमा जोड दिएकी छन्।

    उनले जेनजी परिषद्सम्बन्धी विषयमा छलफल गर्नुभन्दा पहिले कारागारमा रहेका आन्दोलनकारीहरूलाई रिहा गराउन सहकार्य गर्नुपर्ने धारणा पनि व्यक्त गरेकी छन्।
    साथै सांसद बानुले सरकारसंग माग गरे अनुसार अब सञ्चालन हुने नयाँ ब्याचलर तहका परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराइने निश्चित भएको छ।

    यस विषयमा सांसद अफ्साना बानुले शिक्षा, युवा तथा खेलकुद मन्त्री माननीय सस्मित पोख्रेलसँग छलफल गर्नुभएको थियो।

    छलफलपछि परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउने निर्णय भएको जानकारी प्राप्त भएको छ। यस निर्णयले विद्यार्थीलाई भाषागत सहजता प्रदान गर्नुका साथै परीक्षा प्रणालीलाई थप समावेशी र विद्यार्थीमैत्री बनाउने अपेक्षा गरिएको छ। अब सञ्चालन हुने नयाँ ब्याचलर तहका परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराइने निश्चित भएको छ।

    यस विषयलाई बाहिरबाट हेर्दा सामान्य देखिए पनि कार्यान्वयनका दृष्टिले निकै जटिल रहेको जनाइएको छ। यही विषयमा माननीय अफ्साना बानुले शिक्षा, युवा तथा खेलकुद मन्त्री माननीय सस्मित पोख्रेलसँग छलफल गर्नुभएको थियो।

    छलफलपछि परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउने निर्णय भएको जानकारी प्राप्त भएको छ। यस निर्णयले विद्यार्थीलाई भाषागत सहजता प्रदान गर्नुका साथै परीक्षा प्रणालीलाई थप समावेशी र विद्यार्थीमैत्री बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij