२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको जवाफ– आगो लगाएर चुनाव लड्नु राजनीतिकरण हो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गृहमन्त्री सुधन गुरुङलाई कर्णालीको भीरमा अड्किएकालाई उद्धार गर भन्नू राजनीतिकरण नभएको जवाफ दिएका छन् । मंगलबार (असार ३०) प्रतिनिधिसभा बैठकमा उनले संसद् भवनमा आगो लगाएर चुनाव लड्नुचाहिँ राजनीतिकरण भएको आरोप लगाए । 

    “संसद् भवन चाहिँदैन भनेर आगो लगाउने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,” उनले भने, “आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अघि र पछि ट्याइँट्याइँ र टुइँटुइँ गाडी, सुरक्षाकर्मी राख्न हुँदैन भन्ने तर आफू सत्तामा पुगेपछि सुरक्षाकर्मी, लावालस्कर लिएर हिँड्नेलाई राजनीतिकरण भनिन्छ ।”

    उनले मिडिया कार्यालयका गेटअगाडि गाडी तेर्स्याइनु राजनीतिकरण भएको टिप्पणी गरे ।

    भीरमा अड्किएका घाइतेको उद्धार गर्न हेलिकोप्टर नपठाउने, फोन नउठाउने र संसद्मा आएर रोएको नाटक गर्नु राजनीतिकरण भएको उनले बताए ।

    शुक्रबार (असार २६) प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु र कर्णाली नदीमा गाडी खसेको विषयलाई राजनीतिकरण गरिएको बताएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij