२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्जेन्टिना इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी’ निलो जर्सीमा उत्रिने

अर्जेन्टिना इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी’ निलो जर्सीमा उत्रिने

अर्जेन्टिना इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी’ निलो जर्सीमा उत्रिने

अर्जेन्टिना इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी’ निलो जर्सीमा उत्रिने

अर्जेन्टिना इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी’ निलो जर्सीमा उत्रिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं। साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध आफ्नो ‘भाग्यमानी’ मानिएको गाढा निलो अवे जर्सी लगाएर खेल्ने भएको छ।

    अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार हुने सेमिफाइनलमा अर्जेन्टिना गाढा निलो अवे जर्सीमा मैदान उत्रिनेछ भने इंग्ल्यान्ड आफ्नो परम्परागत सेतो होम जर्सीमा खेल्नेछ।

    यस विश्वकपमा अर्जेन्टिनाले हालसम्म यो जर्सी एकपटक मात्रै प्रयोग गरेको थियो। समूह चरणमा जोर्डनलाई ३–१ ले हराउँदा टोली यही जर्सीमा मैदान उत्रिएको थियो।

    अर्जेन्टिनाली सञ्चारमाध्यमहरूका अनुसार यो निर्णय जर्सीसम्बन्धी फिफाको नियमसँग सम्बन्धित हुन सक्ने भए पनि यसमा अन्धविश्वासको पक्ष पनि जोडिएको छ।

    किनभने यही रंगको जर्सी लगाएर अर्जेन्टिनाले विश्वकपमा इंग्ल्यान्डविरुद्ध दुई ऐतिहासिक जित निकालेको थियो।

    सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो। उक्त खेलमा महान् डिएगो म्याराडोनाले चर्चित ‘ह्यान्ड अफ गड’ गोल गरेका थिए।

    त्यसपछि सन् १९९८ को फ्रान्स विश्वकपको अन्तिम १६ मा पनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा इंग्ल्यान्डलाई पराजित गरेको थियो।

    यद्यपि सन् २००२ को विश्वकपमा दुवै टोलीको जर्सी उल्टो भएको थियो। त्यसबेला इंग्ल्यान्डले रातो जर्सी लगाएर १–० को जित निकालेको थियो भने अर्जेन्टिना आफ्नो परम्परागत निलो–सेतो धर्के जर्सीमा खेलेको थियो।

    फिफाको नियमअनुसार सकेसम्म टोलीहरूले आफ्नो पहिलो रोजाइको जर्सी लगाउनुपर्ने हुन्छ। तर जर्सीको रङ ठोक्किने सम्भावना भएमा स्पष्ट रङको भिन्नता सुनिश्चित गर्न वैकल्पिक जर्सी प्रयोग गराइन्छ।

    रङ छुट्याउन कठिन हुने समर्थकहरूलाई पनि सहज होस् भन्ने उद्देश्यले फिफाले एउटा टोलीलाई गाढा र अर्को टोलीलाई हल्का रङको जर्सी लगाउन प्राथमिकता दिने गरेको छ।

    इंग्ल्यान्डले क्वाटरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। यता अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij