२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त

सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त

सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त

सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त

सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

    यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा थिए । यदि एमालेको साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि आन्तरिक छलफलमा थिए ।

    एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

    बजेटको विषयमा थियो विवाद


    सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा विवाद थियो । एमालेले खर्च कटौतिको समेत प्रस्ताव राखेको थियो । प्रतिपक्षी नेकपाबाट समेत खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।

    मुख्यमन्त्री शाहले खर्च कटौतिको प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमालेले अस्वीकार गर्दै आएको थियो । असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्नेमा सत्ता साझेदारसँगको खटपटले मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका थिए ।

    स्रोतकाअनुसार प्रदेश सरकारको बजेट संशोधन गर्न कांग्रेस, एमाले र नेकपाका प्रतिनिधि सम्मिलित कार्यदल बनाउने छलफल पनि भएको थियो । तर, एमालेले बजेट पुनर्लेखन, पेश्की बजेट र सरकारको नेतृत्व परिवर्तनको प्रस्ताव अघि सारेपछि त्यो प्रयास विफल भएको थियो ।

    बजेटमै शाह अप्ठ्यारोमा परेपछि सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको सुरुवात हुने सम्भावना बढेको छ । अहिलेको अवस्थामा कांग्रेसलाई समेत मिलाएर अघि बढ्नुपर्ने आवाज पनि दुवै पार्टीभित्र उठिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij