२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • बुटवल । बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन सुरु भएको छ। 

    बंगलादेशमा शिक्षामन्त्री एएनएम एहसानुल हक मिलनको राजीनामा माग्दै ठुलो संख्यामा विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।

    देशमा आएको भीषण बाढीकाबिच पनि स्कुल बोर्ड परीक्षा जारी राख्ने सरकारको निर्णयको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन्। 

     

    यसैबिच शिक्षामन्त्री एएनएम एहसानुल हक मिलनले एचएससी परीक्षार्थीबारे आफ्नो "व्यक्तिगत" टिप्पणीबाट कसैलाई चोट पुगेको भए क्षमा मागेका छन्।

    प्रदर्शनकारीहरूले शिक्षामन्त्रीले एचएससी परीक्षार्थीलाई ‘फार्मका कुखुरा’ भनेर सम्बोधन गरेको आरोप लगाएका छन्।

    ढाका विश्वविद्यालय अगाडि सुरु भएको विरोध प्रदर्शन सावर, बरिसाल, कुमिल्ला, नारायणगंज, जशोर र बोगुराजस्ता सहरमा फैलिएको छ।

    बाढी र वर्षाका बचि परीक्षा सञ्चालन गर्ने चिन्ताका साथै धेरै प्रश्नपत्रमा त्रुटिप्रति पनि विद्यार्थी आक्रोशित छन्।

    २०२४ अगस्टमा विद्यार्थी आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना देश नै छाडेर भाग्नुपरेको थियो। 

    २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी उनी अझै स्वेदश फर्किन सकेकी छैनन्। 

    विद्यार्थी आन्दोलनमा तत्कालीन सरकारले दमन गर्दा १४ सय जनाको मृत्यु भएको थियो। जसमा तत्कालीन प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै त्यहाँको अदालतले मृत्युदण्ड सजाय सुनाएको छ। 

    हसिना लखेटिएपछि बंगलादेशमा पहिलोपटक गत फेब्रुअरीमा १२ मा भएको आम निर्वाचनबाट नयाँ सरकार बनेको हो।

    निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेर जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बनेका छन्। जुन चुनावमा प्रतिबन्ध लगाइएका कारण हसिनाको पार्टी अवामी लिगले भाग लिन पाएन। 

    १७ वर्ष बेलायतमा निर्वासनपछि रहमान २०२५ डिसेम्बर २५ मा स्वदेश फर्किएका थिए। त्यसको ५ दिनपछि नै बिरामी आमा जियाको मृत्युभएपछि उनी पार्टी प्रमुख बनेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij