२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बुटवलकि १४ वर्षीया नाबालिगलाई मदिरा खुवाएर सामुहिक बलात्कार

बुटवलकि १४ वर्षीया नाबालिगलाई मदिरा खुवाएर सामुहिक बलात्कार

बुटवलकि १४ वर्षीया नाबालिगलाई मदिरा खुवाएर सामुहिक बलात्कार

बुटवलकि १४ वर्षीया नाबालिगलाई मदिरा खुवाएर सामुहिक बलात्कार

बुटवलकि १४ वर्षीया नाबालिगलाई मदिरा खुवाएर सामुहिक बलात्कार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • बुटवल । बुटवलकी नाबालिगमाथि सामूहिक बलात्कार भएको छ । बुटवलकी १४ बर्षीया नाबालिगमाथि कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरमा बाणगंगाका तीन जना युवाहरुले सामूहिक बलात्कार गरेका हुन् ।


    बलात्कार गर्ने युवाहरू १ जना नाबालक १७ वर्षको, एक जना १८ वर्षको र अर्का २३ वर्षको रहेको प्रहरीले जनाएको छ । उनीहरु वाणगङ्गा नगरपालिका वडा नम्बर ९ का पडेरियाका रहेको खुलेको छ ।


    यो घटना साउन ५ गते रातिको हो । युवाहरूले नाबालिगलाई जाँड खुवाएर बलात्कार गरेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ । बाहिर खाजा खाने निहुँमा छ्याङ भन्दै मदिरा खुवाएपछि युवाहरूले होटलमा लगेको बुझिएको छ ।
    चार नम्बर चोककै एक होटलमा युवाहरूले उनलाई लगेका हुन् । पहिला दुई जना युवाहरू मात्रै संलग्न रहेका थिए र बलात्कारपछि नाबालिग बेहोस भएपछि उनीहरूले नाबालिगलाई होटलमै छोडेर घर गएका थिए । होटलवालाले त्यो केटी एक्लै छ भन्ने थाहा पाएपछि पटक पटक फोन गरेर ती युवाहरूलाई बोलाएको बताइएको छ ।


    नाबालिगको सम्पर्कमा रहिरहने केटा साथी घरमा फोन अफ गरेर सुतेपछि उसको साथीलाई होटलवालाले होटलमा बोलाएको बताइएको छ । होटलमा त्यो साथीले अर्को कुनै साथी लिएर आएको र बलात्कारपछि एक जना फेरि घर फर्केको स्रोतले बताएको छ । नाबालिगसँग रातभर बिताएको युवक उनका प्रेमीका साथी थिए । त्यो कुरा पीडित नाबालिगलाई अर्को दिन ६ गते बिहान विस्तारबाट उठ्दा मात्र थाहा भयो ।


    त्यसपछि नाबालिग बुटवल फर्किइन् । फर्किनासाथ उनले परिवारमा कुरा गरेपछि इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन गएको र बुटवल प्रहरीले घटना बाणगंगाको भएकाले जाहेरीका लागि इलाका प्रहरी कार्यालय पिपरामा पठाएको बताईएको छ ।


    बलात्कार भएको भोलिपल्ट युवतीले इलाका प्रहरी कार्यालय पिपरामा जाहेरी दिएपछि यो तथ्य बाहिर आएको हो । नाबालिगको जाहेरीको आधारमा अहिले बलात्कार गर्ने युवकहरू पक्राउ परिसकेका छन् । एक जनालाई साउन ७ गते र अरु २ जनालाई ८ गते पक्राउ गरी म्याद थप गरी राखिएको प्रहरीले जानकारी गराएको छ । बलात्कारीमाथि कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने प्रहरीको भनाई छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij